इलाहाबाद एक्स्प्रेस
भाग ३ - चुराको कुरा
टिकेट लिएर घर गै आमा र दाई लाई देखाएं । सबै खुशी । छोरो अब बिदेशमा पढ्न जाने भयो । कुलमा दोस्रो ब्यक्ती । कान्छा हजुरबा पट्टी को दाईले कोलम्बो प्लान मै डाक्टरी पढ्न जानु भाको । टिकेट त भयो तर यो टिकेट ले लत्ताकपडा र बन्दोबस्तिका सामान सित्तैमा दिदैन। आजै भनी हाल्नु मनासिब लागेन ।
पूर्व निर्णैय अनुसार ११ बजे हामी चारै जना लैनचौर स्थित दूताबास अगाडि भेला भयौं । २ मिनेट ब्रिफिङ गरे शर्मा र सुरेशले । जे भए नि त्यो मजुमदार लाई थ्यान्क यु भन्नै पर्छ भन्ने बिषयमा सहमति भयो ।
जाने बित्तिकै मजुमदार भेट भयो ।
"आर यु ह्यापी नाउ ? "
"एस वि आर ।"
शर्माको छुरा अंग्रेजी जवाफी हाले ।
"वि सिन्सियर्ली थ्यांक फोर योर हेल्प सर ।"
मजुमदार मख्ख ।
एम्बेसीले लेखी दिनु पर्ने चिट्ठी पत्रहरु पहिलेइ तयार थिए। नाम मात्रै भर्नु बाँकी रहेछ ।
बेस्ट अफ लक भन्दै हात मिलाए मजुमदारले एके एक गरी। बडा कडा कामरेडी हात रहेछ ।
एम्बेसी को काम नि सकियो, टिकेट पनि पाइयो । अब तयारी के के गर्ने हो, कसरी गर्ने हो भन्ने बारे हरेक ले बुझेर आउने गरी पुन: अस्कल को प्रांगनमा पर्सी पल्ट् भेट गर्ने गरी छुट्यौं ।
चारजना मध्ये सुरेश र शर्मा अस्कलमा पढ्ने ( पढ्न त के पढ्यो , टाइमा पास गर्ने त हो नि , बी एस्सी मा ), म र श्रीराम त्रि-चन्द्र मा । टि सी मा भए नि हाम्रो भेटघाट भाको थिएन र भएन पनि । म बायोलोजी हल्ला गर्ने, ऊ म्याथमा ।
संभवत दुर्गापुर आर. इ. सी. पढ्न जानेहरु को कन्फर्मेशन पछी हाम्रो आएको हुनु पर्छ । अस्कल र टिसीमा ब्यापक हल्ला भो , कन्फर्मेशन को । सिन्सियरली बधाई दिने भन्दा ज्यादा समोसा र चियावाला बधाई खूब खाइयो । थ्यान्क यु थ्यांक यु भन्दै पछी समोसामा लालमोहन थपेर खुवाउने वाचा गर्नै पर्यो।
खल्तिमा गल्तीले पनि ५ रुपैया हुँदैनथ्यो ।
फलानो इन्जिनियरिङ्ग कलेजमा फलानो फलानो सुबिधा, फलानो कालेजमा र्यागिङ भयन्कर । फलानोमा नेपाली लाई र्यागिङ हुँदैन । आदी इत्यादी जानकारीको एकट्ठा गरी सकेका थिए सुरेशले । शुक्रबार को हाम्रो सेशनको बिषय नै त्यो थियो । इलाहाबादमा ३ बर्ष अगाडि देखी नेपाली लागयत बिदेशीलाई र्यागिङ गर्न न पाउने अनौपचारिक सन्धि भाको छ रे -सुरेश ले गतिलो खबर सुनाए । भारतीय विद्यार्थी भन्दा फरक थुतुनो हाम्रो नहुने हुंदा चामल संगै घून पिसिन सक्थ्यो । त्यसको लागि के गर्ने ?? बहुत गम्भिर बिषय।
हामी संगै अस्कल पढ्ने मित्र अनिल उपाध्याय का दाजु सुशिल उपाध्याय इलाहाबाद बाट इन्जिनियरिङ्ग गरेर भर्खर फर्केको रहेछ , अब अनिल मार्फत ताजा स्थिती को जानकारी लिने र सो अनुसार के कस्तो गर्नु पर्ने , कती पैसा लिएर जाने निर्णय गर्ने गरी अर्को बैठक त्रि-चन्द्र को घण्टाघर मुनी को खुला चौरमा सोमबार बैठक बस्ने गरी छुट्यौं ।
हावाइ जहाज चढ्ने दिन कारीब २ हफ्ता मात्र बाँकी रहेको ले लुगाफाटो सिलाउने वा किन्ने काम गर्नौ पर्ने भयो । साथी भाई को सल्लाह अनुसार भारतमा जिन्स पाइण्ट न पाइने भाकोले २-३ वटा जिन्स किन्ने र ३-४ बिदेशी टी शर्ट किन्ने बिचार गरें । सस्तो दररेट मा हिसाब गर्दा झन्डै २ हजार लाग्ने देखियो ।
दुइहजार पच्चिस सय जती पैसा ब्यबस्था गरी दिनु पर्यो भनेर दाई सँग डराइ डराइ भनें । दाइले ले हुन्न चाँही भन्नु भएन । मलाई थाहा छ, एकै दिन मा पच्चिस सय जोगाड गर्न सकिन्न र घरको ढुकुटी खाली छ भन्ने हेक्का पनि थियो म मा । त्यो पच्चिस सय त लुगाफाटोको लागि मात्र, चियासा समोसा खर्च कहाबाट जुटाउने अर्को समस्या ज्यूकात्यूं रहिरह्यो । गैसके पछी उताको बन्दोबस्ती खर्च र ३ महिना सम्म खाने खर्च बारे भनेकै छैन ।
दाइलाई फेरी तुरन्तै त्यो पनि भनी हालुं भने २५०० पनि खोला खोला होला भन्ने डर ।
आमा सँग बेलुकी खाना खाइ सकी सुटुक्क भनी हालें -
"जानलाई त टिकेट पनि सित्तै दियो, तर उता गए पछी २-३ महिना सम्म सरकार ले दिने पैसा आउँदैन रे । २-३ हजार देशी रुपैया चाहिने भो के गर्ने ? "
आमाले बडा वात्सल्यतापूर्बक आफ्नो हातको चुरा झिकेर दिनु भयो र भन्नु भयो " यो बेच्दा २-३ हजार आउछ होला, जा बेच " ।
मेरो आँखाबाट श्रावणे झरी सरी अबिरल अश्रु बग्यो । यिनै हातले आमाको भए भरको गरगहना र पिताजीको सुनको तक्मा बेचेको । त्यो अपराधको प्रायस्चित गर्न सकेको छैन । बल्लतल्ल सकी नसकी बनाइ दिएको सुन बेच्ने महा-अपराध गर्न सक्दिनथें ।
चुरा बेचेर जानु भन्दा छुरा धसेर मर्नु बेस जस्तो लाग्यो। " चुरा बेचेर जानु परे, जादै जान्न । अन्त कतै बाट मिलाउछु माँ " भन्दै सजल आँखालाई सम्हाल्दै कोठाबाट निस्कें ।
क्रमश: