Posted by: arahat August 19, 2010
Reaction to The Ground Zero Mosque
Login in to Rate this Post:     0       ?        
Rewire,
FYI, I'm not westernized; I'm trying to open my eyes and see without the veil I had had. I'm sorry for CAPS; you shouldn't have written about poking the nose either. We should care about Nepal, but we should also care and love the place where we currently live. Anything that happens in US could have effect even as far as Nepal. You perhaps won't believe me; so please go through the following post to see nepali gaijatra;

अरुलाई पर्दा खुचिंग भन्ने बानी त्यागे कसो होला 

http://www.himalkhabar.com/news.php?id=3546

ऋतुविचार
खाँट्टी अमेरिकी नाम
ऋतुराज

स्कुले बसहरूले अचेलभरि राजधानीका सडकहरूलाई पहेँलपुर पारेका छन्। राता, हरिया, नीला, गुलाफी, प्याजी, सुन्तले, खराने कुनै रङका पनि हुन सक्थे ती। सरकारी नियम पनि छैन स्कुले बसहरू पहेँलै हुनुपर्छ भन्ने। उसो भए स्कुले बसहरूलाई पहेँलो रङमा पोत्ने कारण के हो त? किनभने संयुक्त राज्य अमेरिकामा (छोटकरीमा अमेरिका) स्कुले बसहरूको रङ पहेँलो हुन्छ। त्यहाँ सरकारी नियम नै त्यस्तो छ।

अमेरिकामा भएपछि नेपालमा पनि त त्यस्तै हुनु अनिवार्य छ। अहिलेका लागि बद्री-केदार, मक्का-मदिना, भ्याटिकन-रोम, जेरुसेलम जे भने पनि अमेरिका नै हो। अनि केही बुज्रुकहरूले शुरु गरे स्कुले बसहरूलाई पहेँलो रङमा पोत्न। त्यसो गरेर आफूलाई अमेरिकी शिक्षापद्धतिसित पूरापूर परिचित अतिशय ज्ञानी भनी देखाउने उनीहरूको चाहना हुनुपर्छ। बस्, अरूलाई चाहियो के! लागे आँखा चिम्म गरेर त्यसैको नक्कल गर्न। हो त्यसैको नतिजा हुन् यी पहेँला रङ पोतिएका स्कुले बसहरू।

नक्कल उतार्नमा नेपालीलाई कसले पो भेट्ने! कोभन्दा को कम। नक्कल, त्यसमा पनि अमेरिकाको नक्कल उतार्नमा निजी स्कूल र कलेजहरूमा चर्को होडबाजी छ। बसका पहेँलो रङमा मात्र होइन उनीहरूका नामबाटै त्यो कुरा झ्ल्कन्छ। अक्सफोर्ड, क्याम्ब्रिज, टि्रनिटी जस्ता बेलायतका नामूद शिक्षण संस्थाहरूको नामको नक्कल गरेर राखिएका स्कुल-कलेजहरू यहीं छन्। तर नामको नक्कल गर्ने यस कुरामा नेपालीहरूको प्राथमिकता बेलायत नभई अमेरिका रहेको छ। किनभने अघि नै भनियो, अधुनातन नेपालीहरूको बद्री-केदार, मक्का-मदिना भनेकै अमेरिका हो।

हेर्नोस् अमेरिका आसक्ति या भक्तिको नमुना। बोस्टन, सिकागो जस्ता शहरका नाममा स्कुल-कलेजको नाम त राखेकै छन्, अब त एल ए पनि रे। त्यो भनेको लस एन्जेल्स शहरको छोटकरी नाम हो, जुन नाम अमेरिकीहरूले बोलीचालीमा प्रयोग गर्छन्। अझ् अब त टेक्सास रे, जो अमेरिकाको एउटा राज्यको नाम हो। साउथ-वेस्टर्न स्टेट कलेज रे। उता राज्यले चलाउने कलेजको नामपछाडि स्टेट राखिन्छ। तर यहाँ के को साउथ-वेस्टर्न र के को स्टेट? ह्वाइट हाउस रे, जो अमेरिकी राष्ट्रपतिको औपचारिक निवास हो भन्ने सबैलाई थाहा छ। नासा रे, जो रकेट प्रक्षेपण गर्ने फ्लोरिडास्थित सरकारी निकाय न्यासनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसनको छोटकरी नाम हो। पेन्टागन रे, जो अमेरिकी रक्षा मन्त्रालय रहेको भवनको नाम हो।

हुँदाहुँदा क्लिन्टन रे। यसलाई पहिलेका राष्ट्रपति भनेर बुझदा पनि भयो, नत्र उनकी पत्नी र हालकी अमेरिकी विदेशमन्त्री ठाने पनि भयो। यस नामको त झ्नै विशिष्ट महिमा छ नेपाली मानसमा। हिलारी क्लिन्टन नेपाल आउँदा कुनै कविले उनका नाममा काव्य-कृति नै लेखेर उनलाई समर्पण गरेका थिए।

क्लिन्टनको नाम राख्न सकिन्छ भने जर्ज बुसको नाममा कलेज खोल्न नसकिने कुरा आउँदैन। अन्तर्राष्ट्रिय रूपमा चिनिएका र खाँट्टी अमेरिकी पहिचान बोकेका एफ बी आई र सी आई ए नामका सरकारी निकायहरू पनि छन्। रमाइलो हुनेथियो जर्ज बुस कलेज, एफ बी आई कलेज, सी आई ए कलेज नाम हेर्नलाई। माने जे सुकै होस्, एल ए कलेज हुन्छ भने सी आई ए कलेज किन नहुने?

आखिर हामीलाई चाहिएको खाँट्टी अमेरिकी नाम होइन?


Read Full Discussion Thread for this article