Posted by: _____ August 17, 2010
हाम्रो दखिन् को छिमेकी किन उल्टो कुरा गर्छन् ह?
Login in to Rate this Post:     0       ?        

भारतविरुद्ध नेपाली भूमि प्रयोग हुन सक्छ’









कान्तिपुर संवाददाता


ठमाडौ, श्रावण ३१ -

भारतले एउटा अमेरिकी प्रति- वेदनलाई आधार मान्दै अस्थिरता जारी रहे
आतंकवादीले भारतविरुद्ध नेपाली भूमि प्रयोग गर्न सक्ने जनाएको छ ।


'नेपालमा अस्थिरता जारी रहे आतंकवादीले भारतविरुद्ध नेपाली भूमि प्रयोग
गर्न सक्छन्,' भारतको ६४ औं स्वतन्त्रता दिवसका अवसरमा नेपाल-भारत मैत्री
समाजले राजधानीमा सोमबार आयोजना गरेको कार्यक्रममा नेपालका लागि भारतीय
राजदूत राकेश सूदले भने ।


अमेरिकी विदेश मन्त्रालयद्वारा हालै प्रकाशित प्रतिवेदनमा नेपाल
अन्तर्राष्ट्रिय आतंकवादीका लागि सुरक्षित स्थल भएको कुनै संकेत नभए तापनि
लगातारको अस्थिरताले र्दा अतिवादी समूहका सदस्यहरूले नेपाललाई भारत जाने
पारवाहन मार्गका रूपमा प्रयोग गर्न सक्ने सम्भावना भएको जनाइएको थियो ।
नेपाल सरकारले उक्त प्रतिवेदनको खण्डन गरिसकेको छ । कार्यक्रममा राजदूत
सूदले नेपालमा अस्थिरता जारी रहे भारतमा सुरक्षा जटिलता उत्पन्न हुनेतर्फ
पनि नेपाल सरकारको ध्यानाकर्षण गरे । उक्त प्रतिवेदनबारे उल्लेख नगरे पनि
त्यसतर्फ संकेत गर्दै सूदले भने, 'आतंकवादीहरू नेपाल हुँदै भारत छिर्न
सक्छन् ।' अमेरिकी विदेश मन्त्रालयले बर्सेनि प्रकाशित गर्ने सन् २००९ को
'कन्ट्री रिपोर्टस अन टेरोरिज्म' को नेपालसम्बन्धी अध्यायमा भनिएको छ,
'नेपाल-भारत सीमामा रहेको ठूलो शासित क्षेत्रले यो जोखिमलाई झन् बढाएको छ ।
नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा कमजोरीले पनि जोखिम बढाएको छ
।' प्रतिवेदनमा गत जुन महिनामा लस्कर-ए-तोइबाका सदस्य मोहम्मद ओमार मद्नी
नेपालको बाटो भएर नयाँदिल्ली गएको पनि उल्लेख छ ।


प्रतिवेदनमा तराईमा झन्डै सयवटा सशस्त्र समूह सक्रिय रहेको, जसमध्ये
केहीले स्वतन्त्रता वा स्वायत्तता मागिरहेको र धेरैजसो अवसरवादी आपराधिक
तत्त्व रहेको जनाइएको छ ।


प्रकाशित मिति: २०६७ भाद्र २ ०८:५४




तर ल हेर्नु नेपाल बिरुध्ह भारतीये भुमी प्रयोग भएको


केपी ढुंगाना, काठमाडौं, भदौ २- सशस्त्र प्रहरीका पूर्व हवल्दारले
जेलभित्रैबाट साना हतियार कारोबार सञ्चालन गरेको पाइएको छ। डिल्लीबजार
सदरखोरमा तीन वर्षदेखि बन्दी जितेन्द्र्र सिंह साना हतियारको कारोबारी
रहेको कालीमाटीबाट मंगलबार आधुनिक हतियारसहित समातिएका दुईजनाबाट खुलेको
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताएका छन्।




महानगरीय प्रहरी परिसरको विशेष टोलीले मंगलबार बिहान कालीमाटी-१३ स्थित
एक घरबाट मेड इन युएसए लेखेका दुई पेस्तोल, चार म्याग्जिन, १९ राउन्ड
गोली, एक रिभल्भर, त्यसका तीन राउन्ड गोली र ३६ एमएमका दुई ह्यान्ड
ग्रिनेडसहित सर्लाही, बलाराका विनय सिंह र विनोद चौधरीलाई पक्राउ गरेको
थियो। पक्राउ परेका विनय बन्दी जितेन्द्रका सहोदर भाइ हुन्।

सशस्त्र
मुख्यालयमा रहँदा जितेन्द्रमाथि २०६४ असोजमा हतियार भण्डार शाखाको १८ सय
राउन्ड गोली लुकाएको अभियोग लागेको थियो। सशस्त्र प्रहरी विशेष अदालतले
उनलाई सर्वस्वसहित २० वर्ष कैद सजाय सुनाएको थियो। फैसलाविरुद्ध पुनरावेदन
गरेपछि उनको १० वर्ष सजाय घटेको थियो।

एक प्रहरी अधिकारीका अनुसार
डिल्लीबजार कारागारमा थुनिएपछि उनले आफ्ना भाइ र गाउँकै दुई युवकमार्फत
हतियार कारोबार थालेका हुन्। मंगलबार पक्राउ परेका दुवै अभियुक्तले
जितेन्द्रको कारोबारबारे प्रहरीलाई विस्तृत जानकारी दिएका छन्।

ती
अधिकारीका अनुसार जितेन्द्र आपराधिक समूह प्रयोग गरी कारागारभित्रैबाट
हतियारका ग्राहक खोज्थे। 'प्रायः उनी काठमाडौंका संगठित समूहका सदस्यसँग
नजिक भएर डिल गर्थे,' स्रोतले भन्यो, 'जेलभित्र रहेका कैदीलाई भेट्न आउने
सहयोगीमार्फत कारोबार हुन्थ्यो।'

जितेन्द्रले डिल गरेपछि उनले
बारामा सक्रिय भाइ विनयलाई हतियारका प्रकार र किन्ने समूहबारे जानकारी
गराउँथे। विनयले कालीमाटी बस्ने सर्लाहीकै विनोद र प्रमोदलाई सहयोगी राखेका
थिए। प्रमोद र विनोद पनि दाजुभाइ हुन्।

'जितेन्द्रको
निर्देशनअनुसार हतियार खरिदकर्ताले विनयलाई ५० प्रतिशत रकम बुझाएपछि उनी
भारतको बैरगनिया र मुजफ्फरपुर पुगेर हतियार किनी रात्रिबसबाट काठमाडौं
भित्र्याउँथे,' स्रोतले भन्यो। प्रमोद र विनोदले हतियार कारोबार र
सम्पर्कका लागि ठमेलमा तरकारी पसलसमेत चलाएका थिए।

काठमाडौंका
प्रहरी प्रमुख रमेश खरेलका अनुसार तीन महिनाअघि यो समूहबारे जानकारी भएको
थियो। अनुसन्धानका क्रममा उपत्यकाभित्र जितेन्द्र समूहका एक कारोबारीको
मोबाइल नम्बर पत्ता लागेको थियो। 'इन्टेलिजेन्सका आधारमा खबर सत्य रहेको
निष्कर्षपछि उनीहरूको खोजी गर्न विशेष टोली परिचालन गरेका थियौं,' खरेलले
मंगलबार भने, 'दुई महिनादेखि उनीहरूलाई निगरानीमा राखेर मंगलबार हतियारसहित
पक्राउ गरिएको हो।'

खरेलका अनुसार हतियार कारोबारीको अनुसन्धानमा
गौर पुगेको प्रहरी टोलीले संकलन गरेको सूचनाका आधारमा काठमाडौंमा हतियार
भित्र्याएको थाहा भएको थियो।

प्रहरीले पक्राउ अभियुक्तले
काठमाडौंमा कसलाई हतियार बेच्न लागेको हो भन्ने खुलाएको छैन। 'उनीहरुले
काठमाडौंमा सक्रिय आपराधिक समूहलाई बिक्री गर्न ल्याएका हुन्,' खरेलले भने,
'हतियार खरिद गर्ने समूहबारे अनुसन्धान पूरा भएपछि जानकारी दिने छौं।'

मुजफ्फरपुरदेखि काठमाडौंसम्म
विनयले काठमाडौंसम्म
हतियार ल्याउन प्रयोग हुने रुटसमेत खुलाएका छन्। भारतको बैरगनिया र
मुजफ्फरपुरमा रहेका भारतीय कारोबारीबाट हतियार किनेपछि सीतामढी हुँदै
महोत्तरीको बाटो नेपाल भिœयाउने गरिएको उनले बताए।



ती हतियार जनकपुरका रात्रिबसबाट काठमाडौं आउँथे। उक्त रुटमा प्रहरी
सक्रियता बढे भारतकै सीतामढी हुँदै सर्लाहीको बाटो प्रयोग गरिन्थ्यो।



स्रोतका अनुसार डिल भएपछि आधा रकम मनी ट्रान्सफरबाट तराईमै भुक्तानी
लिने र बाँकी रकम हतियार बुझाउँदा लिने गरेका थिए। 'हतियार मगाउने समूह
विश्वसनीय होस् भनेर पहिल्यै आधा रकम लिने गरेको विनयले बताए,' प्रहरी
स्रोतले भन्यो।



उनले हतियार लुकाउन रात्रिबसका खलासी प्रयोग गरेका थिए। हतियार बसमा
राखेपछि काठमाडौंमा रहेका सहयोगीलाई बस नम्बर टिपाउने र सहयोगीले हतियार
लिएर राख्ने गरेका थिए। 'प्रायः सबै डिल कालीमाटीमै रहेको कोठाबाट हुन्छ,'
विनयलाई उद्धृत गर्दै स्रोतले भन्यो।



भारतमा २० देखि ४० हजार भारुमा हतियार किनेर काठमाडौंमा ९०
हजारसम्म बेच्ने गरेको ती प्रहरी अधिकारीले बताए। स्रोतका अनुसार मंगलबार
पक्राउ परेका पेस्तोल प्रतिगोटा ९० हजारमा डिल भएको थियो। रिभल्बर ६० हजार र
ग्रिनेड ३० हजारमा बिक्री गर्न डिल भएको खुलेको स्रोतले बतायो।



पक्राउ अभियुक्तले २ वर्षमा ५० भन्दा बढी हतियार बेचिसकेको खुलेको
स्रोत बताउँछ। जग्गा कारोबारी, रात्रिकालीन व्यवसायी र हतियारका शौखिनहरूले
हतियार किन्ने गरेको प्रहरी अधिकारीको दाबी छ।



'हतियार किन्ने केहीको नाम खुलेको छ, पुष्टि हुन बाँकी छ,' स्रोतले
भन्यो। मंगलबार बरामद हतियार गौर-काठमाडौं रुटमा चल्ने रात्रिबस कल्याणी
ट्राभल्सबाट ल्याएको खुलेको प्रहरी स्रोतले जनाएको छ।

अर्को  पनि  पढ्नुस्

भैरहवा, श्रावण ३१ -

डकैतीका अभियुक्त नवलपरासीको कुडियाका रुदल यादवलाई पक्राउ गर्न गएको
प्रहरी र स्थानीयबीच झडप भएको छ । त्यसपछि गरिएको खानतलासीमा कुडियाको
सखुवानीमा बन्दुक, गोली र अन्य सरकारी कार्यालय र विदेशी संस्थाको स्टाम्प
बरामद भएको प्रहरीले जनायो । 


लुम्बिनी अञ्चल प्रहरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कुडियाबाट ८२
थान गोली, चार थान बन्दुक, ८ थान खोका, जिल्ला विकास समिति र गाउँ विकास
समितिको श्री ५ को सरकारको ालाको स्टाम्प, मोबाइल १ थान, २ थान सिम, ४०
हजार ५ सय २० नेपाली रुपैयाँ, ९ हजार ५ सय भारतीय रुपैयाँ, भारतीय मोबाइल
सिम, फलामको छर्रा र जंगली जनावरको दाँत १ थान बरामद भएको प्रहरीले जनायो ।



शनिबार रुपन्देहीको पिपलडाँडाका फत्ते सिंह राना र उत्तम श्रेष्ठको घरमा
भएको डकैती घटनाको अनुसन्धानका क्रममा भारतीय नागरिक रुदल यादवको संलग्नता
देखिएपछि पुगेको प्रहरी टोलीलाई आइतबार स्थानीय केही गाउँलेले नियन्त्रणमा
लिई हतियार खोसेर सांघातिक आक्रमण गरेको प्रहरी बतायो ।


रुदललाई ल्याउने क्रममा स्थानीयले प्रहरी करमुल्लाह धोवी, बदरी यादव र
रामसेवक यादवमाथि आक्रमण गरी दुई थान पेस्तोल खोसेका थिए । उनीहरूले पक्राउ
परेका रुदललाई भगाएको रुपन्देहीका प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतले
बताए ।


पक्राउ परेकालाई ल्याउन अवरोध गर्ने उक्त गाविसका पूर्वउपाध्यक्ष एवं
तमलोपाका नेता लोरिक यादवको घरबाट २ नाले बन्दुक, गोली खोका जिविस र
गाविसको श्री ५ को सरकारको पालाको स्टाम्प छाप, नेपाली रुपैयाँ र भारतीय
रुपैयाँ, ३०३ राइफल, पेस्तोल र एसएलआर राइफलको गोली बरामद भएको प्रहरीले
जनायो ।


यसैगरी, श्री राधे यादवको घरबाट जय दुर्गे जंगल पार्टी बिहार सरकार राधा यादव लेखिएको स्टाम्प २२ बोर बन्दुकको बट बरामद भएको थियो ।


उक्त गाउँका भोला पासवान, गोबरी यादव, प्रदिप यादवको घरबाट पनि गोली,
खोका, फलामको छर्रा, चाइनज पेस्तोल, जंगली जनावरको दाँत बरामद भएको
प्रहरीले बतायो ।


बरिष्ठ प्रहरी उपरीक्षक अर्यालले पुरानो मितिमा नक्कली कागजात बनाएर आफू
जोगिन जिविस र गाविसको स्टाम्प राखेको हुन सक्ने जनाउँदै सिंगो गाउँमा
अपराध विकास हुँदै जानु चिन्ताको विषय भएको बताए ।


प्रहरीलाई बन्धक बनाएर राख्ने उक्त गाउँका लोरिक प्रहरीको थप बल पुगेपछि भागेकोमा रुपन्देहीको धकधहीबाट पक्राउ परे
कस्तो  लाज नभाका हरु, खाली उल्टो उल्टो मात्र कुरा गर्छन्
Read Full Discussion Thread for this article