Posted by: tryin2bpro August 17, 2010
थुक्क!
Login in to Rate this Post:     0       ?        
पानी आउनु अघि हावा दरो गडगडाएर आउँथ्यो अनि मिटर
फिरीरी घुमाउँथ्यो (ए! बन्द गर बन्द गर-- पैसा भुसुक्कै चढ्ने भो अब भनेर
मान्छे कराउँथे), हावा जस्तै पानी पनि दरो आउँथ्यो र त घरको धारामा आएको
पानी आफ्नै सुरमा चार तला माथिको ट्याङ्कीमा पुग्थ्यो। थोत्रो ट्रान्समिटर
पडकिएर गयो भने गयो नभए बिजुली हतपत जाँदैनथ्यो। ख्याक, भुत, मसान,
किचकन्नी, बाईपंखे घोडा जस्ता थरी थरीका कहानीमा पोख्त हाँडीगाउले
बिद्वानहरुले समेत १६ घण्टे लोडसेडिङ कल्पना गर्न सकेका थिएनन। राती
हिन्दा चोर, डाँका, बिच्किएका कामरेड आदि ईत्यादीका भन्दा  भुत प्रेत
पिशाचको डर उग्र हुन्थ्यो।  हाँडीगाँउबाट चाबेल, धुम्बाराही, सिफल तिर
हेर्दा घर भन्दा धेरै फाँट देखिन्थे। धोबीखोलामा पनि पानी बग्थ्यो। बजार
बन्द त हुन्थ्यो तर रात भरी, बिहान खुल्थ्यो। त्यस्तै त्यस्तै बिचित्रका
कुराहरु हुने त्यो बेला पत्याईनसक्नुको थ्यो।

 

 कैलेको कुरो गर्या रे? मेरा काकाले एस् एल् सी देको बेलाको कुरा गर्या नी।

माने प्रभु माने हजुर को लेखाई लै. एकछिन त म व्हात्त २०४२,४४ तिर पुगे .
Read Full Discussion Thread for this article