घोरीएर जम्मै बाफ स्वाट्टै पार्नला हुन की झै गरी उनले भने "परसेन्टेज त राम्रो आउनु पर्ने हो --तर कापी पो कुन चै ट्वाँटीस्ट गँजडी कहाँ पुग्या छ --"
ट्वाँटीस्ट मात्रै भन्दा गुण नपुग्ला भनेर होला उनले त्यो गँजडी पनि जोडेका।
बाले भने "एस् एल सीका कापी जाँच्ने सबै जँड्याहा--महामूर्ख हुन्छन?"
"अब त्यो बागबजारको अमृत्या बाउ एस् एल सीको कापी जाँच्ने -- ब्यानै देखि खुट्टा त भन्या ठाममा टेक्न सक्दैनन् --" काकाले उदाहरण झिके।
हाम्राबाले आफ्नो कुरा भन्न मुख बाएका मात्रै के थिए, चोकबाट काकाको साथीले बोलायो उनलाई। उम्कीहाले।
मैले बुझिसक्या थिएँ, सायद हाम्रा बाले पनि बुझेका थिए, काकाले घुमाउरो पाराले के भन्दैछन भनेर। हजुरबा भने दिन दिनै भगबतीबहाल गएर लड्डु ल्याउँथे।
"कुलङ्गार!---" हजुरबा कुर्लाईले बिहान बिहानै निन्द्रा खुल्यो।
एस् एल सीको रिजल्ट भएछ। हातमा गोरखापत्र कच्याक कुचुक पारेर हजुरबा तल र माथि, वल्लो कोठा र पल्लो कोठा काका बोलाउँदै हिन्दै थिए। काकाको नामोनिशान रैन छ घरमा।
एक कप चिया तन्काएर म पनि सडकाँ निस्किएँ। टोल छिमेकमा आगो लाग्या जस्तो भा थ्यो। सबैको त्यही धुन। एस एल सीको रिजल्ट।
सडकमा पुगेको मात्रै थिए, छ्याक र बाङ्गे भेट भो। "के भो तेरो काका?" उनीहरुले सोधे।
"नमो नारायण"---"अरु के हुन्छ?" मैले भने। उनीहरु पनि हाँसे म पनि।
अब मलाई पछी म एस् एल सी फेल हुँदा कराए भने झन ठुलो स्वर गरेर मैले पनि भन्न पाएँ "म मात्रै हो र? काका नी काका?"
हामी सबै भएर काका खोज्न हिंडेम। सधैं साँढे जस्तो भएर हिन्थे, हामीलाई उपदेश दिन्थे, आज बाढीमा पर्या मुसो जस्तो हुँदा कस्तो देखिया होलान भन्ने जिज्ञासा नी मनमा।
सरसोती मन्दिर मुनी, सत्तेनारन थान माथि भेटीए उनी। गोर्खापत्र कच्याक कुचुक पारेर बसेका रे छन् चुरोट सुईँ सुईँ तान्दै। सरसोती दर्शन गर्न आका हुँदा हुन -- पढ्ने बेला साढे बाईस --अहिले सरसोती मन्दिर आएर के हुन्थ्यो।
"के भो रिजल्ट?" मैले त्यही पनि सोधें।
"तँलाई के मतलब? अहिले लात्तले हानेर उछीट्टयाई दिन्छु अनि --"
"उता हजुरबाले पनि यस्तै गोरखापत्र कच्याककुचुक पारेर खोजीरहनु भा छ --" मैले पनि हाँस्दै भने।
उनी आँखा तर्दै मन्दिर तिर उक्लिए।
मन्दिर अगाडी पुगेका मात्रै के थिए बीरेन्द्र दाई यामाहा वाई बी लिएर आईपुगे।
"जय शम्भो तँ पनि?" बीरेन्द्रदाईले सोधे।
केही नभनी पिच्च थुकेर टाउकोलाइ मात्रै छडके झड्का दिएर काका बसे मोटरसाईकलमा।
यमाहा बत्तियो मालीगाउँ तिर।
एकैछिनमा सबैले भन्न थाले, "बीरेन्द्रदाई पनि चिप्लीएछ नी थाह पाईस?"
---
आधाराताँ काका आईपुगे।
लुसुक्क कोठा तिर छिरेर सुत्न ला थे --हजुरबाले बत्ति बाल्दै सोधे "काँ गा थिस?"
"साथीहरुले ख्वा कि ख्वा भन्न थाले अनि अलमल भो ---" काकाले भने।
हाम्रा बा पनि आए गोरखापत्र बोकेर। आमा नी आईन, हजुरमा नी।
काका र बीरेन्द्रदाई बत्तेर काँ जाने काँ भन्दै नौबिसे पुगेछन। -- बीरेन्द्रदाईले मोटरसाईकलको क्यारीअरमा गोरखापत्र च्यापेर राख्यारेछन --त्यहाँ नौबिसेमा "दाई रिजल्ट हेरम् न एक चोटी" भनेर एउटी सुन्दरी आईछ -- अरुले भन्या भे त दनक भेटन बेर थे न सुन्दरीले भन्या भेर काकाले मन नलागि नलागी भए पनि पत्रीका झिकेछन र सुन्दरीको सिम्बल नम्बर हेर्न थालेछन।
सुन्दरी झन उनीसँगै टास्सीएर पत्रीका छेक्ने कपाल मिलाउँदै रिजल्ट हेर्न थालीछ। अरु नी आएछन, भिडले सुन्दरीलाई काका सँगै टाँस्देछ, काकाले आफ्नो रिजल्ट बिर्सेछन र सुन्दरीको रिजल्ट तिर लागेछन। यो ठीटी पनि फेल भै भने संगै भाग्छे की भन्ने झिनो आशा रे काकाको।
सुन्दरी त ह्वात्तै सेकेन्ड डिभिजनमा पास भै छ। तुषारापात भै गो काकालाई। त्यै रिजल्ट भाको पातोमा एकोहोरो घोरिएका रेछन उनी ड्याङ्गै आफ्नो सिम्बल नम्बर देखेछन। जम्मै रौं ठाडा रे एकै चोटी। फेरी हेरेको नभन्दै।
बीरेन्द्रदाई त नमोनारायनको नमोनारायनै जती चोटी हेरे नी --