Posted by: nakkali keti August 17, 2010
इलाहाबाद एक्स्प्रेस
Login in to Rate this Post:     0       ?        
इलहाबाद त म पनि पुगेको छु दाई एक फेर, बरालिँदै। दाईहरुलाई त UP/बिहार नजाँदै था रैछ त्यता तिर ज्यान मालको खतरा हुने कुरा, मैले चै त्यै इलाहाबादमा पनि भोगेको । टिरेनमा आमा छिंडीमा म चैं बुँइकलमा सुतेको, आमा एक्कासी "ए ए......." भनेर कराउनु भो। मिर्मिरे हुन लागेको रैछ, मस्त निन्द्रामा थें आँफु। आमाको आवाजले के अनिस्ट भो नि भन्ने भो, बुरुक्कै हाम फाले बुँइकलबाट छिँडीमा। हेर्छु त आमा र मामाको सिकारको टग अब वार चली रा रैछ, डोरी चैं आमाको पर्स। आमा झ्याल भित्रबाट तान्ने मामाको सिकार झ्याल बाहिरबाट। अनी होस आयो आमालाई सघाउनु पर्छ भनेर, मैले नि बल लाएँ। जितियो नि गाँठे नत्र बिजोक हुने। उ चैं बिहान बिहानै बोहोनी खराब भो भनेर सराप्दै गयो होला।

अरु नि जावोस दाई हामी भुरा हुँदाका दाईका कुरा।
Read Full Discussion Thread for this article