Posted by: Deep August 16, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        

सबै भन्दा पहिला त निकेतलाई शुभ-कामना।


उदार त म पनि एकदम उदार मनको मान्छे। कुनै बेला आफ्नो मनलाई घोचेर जानेलाई पनि फुल उपहार दिन पुगिया थ्यो। अर्कैले औंठी उपहार दिईसक्या रे छ र मात्रै ---


जिन्दगीमा कसैको खुशीको लागि मत त्यो पनि निस्वार्थ सधै कहाँ हाल्न पाईन्छ र? हुन त चाबेल, चुच्चेपाटी, शंखमुल, बबरमहल, कुरियागाउँ, मंगलबजार, लगनखेल, टेकु, कलंकी, बालाजु, माहाराजगन्ज लगायतका सेरोफेरोमा सुन्दरताको बिषयलाई लिएर यति मत दिईयो कि के भन्नु, अहिले ती सबै मत न दीनेलाई सम्झना छ, न पाउनेलाई। तेसो त मत पाउने सबैलाई खुलस्त गर्न पनि सकिएन भनम कि भ्याईएन भनम--त्यस्तै पर्यो। १ देखि १० सम्मको घेरा भित्र उनीहरुलाई मत दिनु पर्दा पनि धेरै जस्तो कम्तीमा ११ दिईन्थ्यो। तर प्रायश: ती मतहरु स्वार्थी हुन्थे। यो निकेतलाई दिने मत निस्वार्थ हो। करबलको कुरै छैन। चित्त बुझे दिने न हो।


निकेत, उनको परीवार, र शुभ-चिन्तक सबैलाई शुभ-कामना। यसरी घुमाएर भए नी आफुलाई शुभ-कामना दिएरै छाडीयो गाँठे! शुभ-चिन्तक त म पनि हो नी।


 


 

Read Full Discussion Thread for this article