Posted by: timi_mero_sathi August 15, 2010
आज म हराएँ आफ्नै देशमा
Login in to Rate this Post:     3       ?         Liked by
खुट्टा भर्खर टेकेको ले
आरु दौडे को देखेर अचम्म नहुनु साथी
दौडन लाई तिमी ले अझ समय बिताउनै पर्छ

 दौडन कोशीस गर्दा बिदेशमा  थाकेर
यस्तै रैछ जिन्दगी भन्नै पर्छ
बिदेसी खेतमा पसिना मात्रै छर्दा
जिन्दगी चाउरी परेको पनि देखेकै   छौ

चक्काजाम, आन्दोलन नभएपनी बिदेशमा
आन्त्यहिन दौडमा जिन्दगी खियाएको देखेकै छौ
किड्नी  बेच्न नपरेपनी बिदेशमा  
हजारौं पटक स्वाभिमान बेचेको देखेकै छौ

जिन्दगी महँगो अनी बाँच्न लाई रोज्गार भएपनी बिदेशमा
सम्बेदन सुन्य  जिन्दगी बाचेको  देखेकै छौ
कल्पना को स्वर्ग भएपनी, फुल्बारी भएपनी बिदेश
प्लस्टिक्का फुल र प्लस्टिकका परि के काम?

नजिक को देउता हेलाँ किन साथी ?
म्रिगत्रिस्ना को कथा त सुनेकै छौ

Last edited: 15-Aug-10 06:23 PM
Read Full Discussion Thread for this article