Posted by: SimpLe_KeTa August 15, 2010
आज म हराएँ आफ्नै देशमा
Login in to Rate this Post:     1       ?         Liked by
आज म हराएँ आज आफ्नै देशमा

By: Simple_KeTa

मेरो बिदेशि मित्र !  के त्याँ पनि बाँच्न यत्तिनै गार्हो छ र ?
के त्याँ पनि जिउनलाई हावा अनि पिउनलाई पानि छ र ?

मलाई आज यहाँ आमाले डि.भि. भर्न पैशा  दिँदै भनिन
जानु त्यहाँ जहाँ  रगत होईन पानि छर्छ खेतमा
अनि जानु त्यहाँ जहाँ किडनि बेच्नु पर्दैन भोको  पेटको जोशमा
मेरो बिदेशि मित्र! अनि आज म हराएँ आफ्नै देशमा

अनि म हराएँ आज आफ्नै देशमा
सायद चक्काजाम र  आन्दोलनको द्वेषमा
 सायद बोलि र गोलिको क्लेशमा
अनि म हराएँ आज आफ्नै देशमा

मेरो बिदेशि मित्र!  के साच्चैं जिँदगि त्याँ महँगो छ र  ?
के साच्चैं त्याँ  बाँच्नलाई सपना र जिउनलाई रोजगार छ र  ?
शुभकामना तिमिलाई मेरो बिदेशि मित्र
मेरो कल्पनाको स्वर्ग तिम्रै देश पो रैछ

यहाँ स्वर्ग जान धर्म गर्नु पर्छ
अनि धर्म गर्न बलि दिनु पर्छ
मेरो बिदेशि मित्र!  के साच्चैं त्याँ धर्म छ र
अनि त्याँ आफ्नो खुशिलाई अरु मर्नै पर्छ ?

अनि म हराएँ आज आफ्नै सोचमा
सायद होश र  बेहोशिको बिचमा
या सायद हात र खुट्टाको भरमा
अनि म हराएँ आज आफ्नै देशमा


क्रृपया कमेण्टस दिनुहोला ।
पढिदिनुभएकोमा धन्येबाद ।




Last edited: 15-Aug-10 05:22 PM
Last edited: 15-Aug-10 05:33 PM
Read Full Discussion Thread for this article