Posted by: rid August 15, 2010
अब अश्लील साइट ब्लक
Login in to Rate this Post:     0       ?        

योगेश खतिवडा





[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">



काठमाडौ, श्रावण २८ २०६७ ०९:२४ -
इन्टरनेटको अश्लील साइटमा रमाउनेको संख्या अस्वाभाविक रूपमा बढेपछि
सरकारले यस्ता साइट ब्लक गर्ने भएको छ । इन्टरनेट सेवा प्रदायक सबै
कम्पनीको मुख्य द्वारबाटै यस्ता साइट नखुल्ने बनाइन लागेको हो ।


अश्लील भिडियो, फोटो र अन्य सामग्री भएका साइटको प्रयोग बढिरहेकाले
दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता दृश्य आउने सबै
प्रकारका साइट ुब्लकु गर्ने तयारी गरेको हो । मुलुकमा ४१ आईएसपी कम्पनी,
नेपाल टेलिकम, युटिएल र एनसेलका लागि यो व्यवस्था लागू हुनेछ । टेलिकमले
एडीएसएल र जीपीआरएस तथा एनसेलले जीपीआरएस इन्टरनेट सेवा दिँदै आएका छन् ।


यसपछि इन्टरनेट सेवा प्रदायक कम्पनीले अश्लील साइटमाथिको पहुँच अवरुद्ध
गर्नुपर्ने छ । आईएसपी कम्पनीको नियमन गर्ने प्राधिकरण आउँदो साता यस्ता
साइट बन्द गर्न निर्देशन दिने तयारीमा छ । ुहामी छिट्टै यसबारे निर्णय गरेर
आईएसपी कम्पनीलाई निर्देशन दिँदै छौं,ु प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद
न्यौपानेेले भने, ुविद्युतीय कारोबार ऐनले यस्ता साइट चलाउन नपाउने
व्यवस्था गरेको छ ।ु यस्ता साइट खुला रूपमा साइबर क्याफे र घर-घरमा प्रयोग
भएको अवस्थामा समाजमा नकारात्मक असर परेको र आपराधिक क्रियाकलाप बढेको उनले
बताए । आईएसपीलाई लाइसेन्स जारी गर्दा अश्लील वेबसाइट बन्द गर्नुपर्ने
सर्त भने छैन । अब लाइसेन्स दिँदा सर्त परिमार्जन गर्ने प्राधिकरणले तयारी
गरेको छ । ुविद्युतीय कारोबार ऐनअन्तर्गत रहेर लाइसेन्समा अश्लील साइट
भित्र्याउन नपाउने सर्त थप्न लागेका हौं,ु न्यौपानेले भने । यसका लागि एक
महिना अघि सुरु भएको प्रक्रियामा बुधबार गृह मन्त्रालय, प्राधिकरण, विज्ञान
तथा प्रविधि मन्त्रालय र इन्टरनेट सेवा प्रदायकबीच सहमति भएको छ । छलफलमा
सहभागी प्रहरी प्रधान कार्यालयका आईटी प्रमुख एसएसपी महेश सिंह कठायतले सबै
सहमत भएकाले अब नियामनकारी निकाय प्राधिकरणको निर्देशनपछि यस्ता साइट बन्द
हुने बताए ।

Read Full Discussion Thread for this article