Posted by: Geology Tiger August 14, 2010
ब्यक्तिगत स्वार्थकोलागी देस बिगार्ने नेताहरुलाई कसरी तहलगाउने
Login in to Rate this Post:     0       ?        

मित्रको कुरा सार्है राम्रो लाग्यो। तर मलाई मित्रले यो धागोलाई दिएको शिर्षकको बिषयमा केही लेख्न मन लाग्यो। 'व्यक्तिगत स्वार्थको लागि देश बिगार्ने'- हो हाम्रो देश मानिसहरुको व्यक्तिगत स्वार्थको कारणबाटै बिग्रेको छ। तर त्यो के नेताको मात्र व्यक्तिगत स्वार्थको कारण बिग्रेको हो? घुस खाएन भने छोराछोरीलाई पढाउन र घरको भाडा तिर्नै पुग्दैन, एउटा अफिसरको स्ट्यान्डर्डनै मेन्टेन हुँदैन भनेर घुस लिने कर्मचारीको व्यक्तिगत स्वार्थलाई के भन्ने? राम्रो क्वालिटीको सामान प्रयोग गर्‍यो भने त ईन्जिनियरको कमिसननै पुराउनै सकिदैन भनेर कमसल बाटो र पुलहरु बनाउने ठेकेदारहरुको व्यक्तिगत स्वार्थलाई के भन्ने? कक्षामा राम्रो पढायो भने विध्यार्थीहरु ट्युशन पढ्न आउँदैनन् भनेर नराम्रो पढाउने मास्टरको व्यक्तिगत स्वार्थलाई के भन्ने? सरकारी छात्रव्रितीमा डाक्टर र ईन्जिनियर भएपछि अमेरिका छिरेपछी नेपालमा अवसरनै छैन भनेर नेपाल नफर्कनेहरुको व्यक्तिगत स्वार्थलाई के भन्ने? अझ नेपालको सरकारी तलब बुझेर अमेरिकामै घरजम गरेर बसेका बिद्द्वानहरुको व्यक्तिगत स्वार्थलाई के भन्ने?



हो म मान्छु नेताहरुको व्यक्तिगत स्वार्थको असर देशलाई एउटा सामान्य नागरिकको व्यक्तिगत स्वार्थको भन्दा धेरै हुन्छ। नेपालको राजनैतीक अस्थिरताको कारण भनेको नेताहरुको व्यक्तिगत स्वार्थनै हो। तर जब देश बिकासको कुरा आउँछ त्यसमा चाँही नागरिकहरुको संलग्नता हुनैपर्छ। अझ यी नेताहरुलाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्ने बातावरण कसले बनाइदियो। ल ठीक छ बहिष्कार गर्ने तर हामी मध्य कति जानाले यो कुरा साँच्चिकै गर्न सक्छौ र कति जना नेता आउने बित्तिकै ज्यु ज्यु गर्न थाल्छौ? मलाई लाग्छ हामी मध्य धेरैले पक्का पनि ज्यु ज्यु गर्न थाल्ने छौ हामीलाई आफ्नो व्यक्तिगत स्वार्थ पुरा जो गर्नु छ। हो अनि त्यसै माथि टेकेर नेताहरु आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्छन्।


 
त्यसकारण पहिले आँफै बिरुद्द आन्दोलन छेडौ। तपाईं देशको लागि साँच्चै केही गर्न चाहनुहुन्छ त्यसो भए नेताको बारेमा चिन्ता गर्न छोडिदिनुस्। जनताहरुलाई कसरी शिक्षित बनाउने त्यो बारेमा सोच्नुस्, भोको पेटले कसैले पढ्न सक्दैन त्यसैले उनिहरुको आयआर्जन कसरी बढाउने भनेर सोच्नुस्, नागरिकहरुलाई सिक्षित र सगंठित बनाएर पार्टी र नेताहरुको पछाडि लाग्नुको सट्टा कसरी आफ्नो हकहितको लागि काला बजारियाबिरुद्द, घुसखोरी बिरुद्द, कमिसनखोर बिरुद्द उत्रनको लागि प्रेरित गर्नसकिन्छ त्यो सोच्नुस्। यति गरियो भने ती नेताहरुले कुनै पनि हालतमा आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न पाउने छैनन्।  


 

Read Full Discussion Thread for this article