Posted by: syanjali August 14, 2010
बिचार पुर्याउ है.... आफ्नो पनि भविश्य बारे ध्यान दिउ है।
Login in to Rate this Post:     0       ?        
पैसाको खेल तरुणीहरुको खेल भन्दा निम्मा स्तरमा गनिन्छ। प्रयास सबै बिदेस जानेले टाटा टिप्छन भन्ने धारणा हामिमा थियो अनी भोगे पछी यथार्थ ऐना सरह भयो। 
बाबुले आफ्नो वास्तविता लुकाएर बसेको अनी चार पाउ टेकेर ( एक रुपैये कल मार्न के गाह्रो , आमा भोक लाग्यो भने पछी थालमा खाने कुरा आए पछी घन्टी त हप्तै पिच्छे बजाउन कुन चाँही महाभारत भयो त) पुर्याइ दिए पछी अहिले अमेरिका जान मात्रै हैन त्यहा पुगे पछी उनिहरुले पनि यथार्थ बुझ्लान तर पनि बाबु तिमी सँग मेरो त्युसन तिर्न एती चाहियो तुरुन्त पठाइ दे भनेनछन बने म दास बनुला। किन भने बाबुले उनिहरुको मानसिकता नै बदली दियौ, माग्ना साथ पाउने भए पछी त उनिहरु उमेरले ठुला भए पनि व्यबहारले तिम्रो dependent भए। दिदी केटी मान्छे भाईन तर त्यो दाई भनाउदो ले सानो तिनो काम गरेर भए पनि गर्न सक्दैन थियो र , हाम्रा गाउ घर बाट आएका हरु ले मास्टर्स डिग्री लिएका छन तर भाई मारेका छैनन.

अती देर्पे हता लन्का अती दाने बलिर्बद्द 
अती दाने चगौरबा, अती सर्बत्र बहिर्तम 

यो निती स्लोकले अती कहिलै नगरनु भन्छ , बितेका कुरा लाई एक कुनामा राख अनी फोन अबस्यै आउछ तेती खेर धक नमानी, डर नमानी मिठो बचनले जे जती गरे गरे ( हिसाब किताब राखेको छ कि छैन? ) अहिले सम्म जे गर्न सक्थे गरे मेरो परिस्थितीले अब थप शयोग गर्ने सक्दिन बरु बिदेस गए पछी मलाई पैसा पठाइ देउ तिमीहरुले मैले जस्ताइ कमाएर अब मेरो पढने पालो र मैले स्कुल सुरु गरेको छु भन । यदी कुरा खुलस्त गर्न सक्दैनौ भने तिमीले थप् दु:ख पाउने स्पस्ठ देखिन्छ। म ९९ प्रतिसत ठोकुवा गरेर भनी दिन्छु बाबुले म स्कुल भर्ना भएको छु बरु मलाई त्यता बाट पठाइ देउ बने पछी फोन को घन्टी बज्न छोड्छ अनी फोन गर्यौ भने पनि पैसा माग्छ भनेर न उठाउलान? मेरो हाम्रो पनि तेही कथा छ, सक्छौ कसैलाई पैसा सापट पनि नदेउ, दियौ भने पनि बिरालोलाई दुध पैचो दिए सरह दिल र दिमाग तयार बनाएर राख। 

ढुख गरेर दाई भाई को भबिस्य बनाइ दियौ, मान्छेले पुनर्जन्मका कुरा गर्छन्, म भन्छु एही जन्ममा फल भोग्न पाईन्छ, जती गर्यौ त्यो बाबु आमाले गर्ने भन्दा बडी गर्यौ त्यो गर्न लाई नङ्ला भन्दा पनि ठुलो छाती र मन चाहिन्छ। 

कुरो रुपैया पैसाको खेल बडो महाजाल को कुरा हुन अनी आफ्नो क्षमता भन्दा बदी पनि गर्नु हुँदैन त्यो स्लोकले तेही जनाउछ। मागेर फिर्ता आउँदैन जुन कुरो गर्न खोज्या पनि हैन होला। 
आफ्नो लागि सोच आयो तेही नै ठुलो कुरो भयो, आँखा खोलिनलाई कोही अरुको देखेर कोही भोगेर मात्र सकिनेमा दोस्रो बर्गमा पर्नेको सन्ख्या ज्यादै हुन्छ तेस माथि पनि आफ्नै परिवारअको कुरामा.
अब फुट्टी कौडी पनि न झार, हाड अरुको लागि जती खियाऔ , खियाई सक्यौ अब आफ्नो लागि गर्न पैसा मागे मैले कालेज जान सुरु गरे बरु त्यता बाट केही सहयोग रुपैया को ( किटान गरी रुपैयाको ) माग .
मेरो सल्लाहाले तिमीहरुको बिचमा फाटो आउँला यो फाटो मेरो सल्लाहाको हैन त्यो पैसाले लाउने फाटो हो । 

बन्द गर अरुकोलागी हड्डी खियाउन, कालेज जाने तयारी गर । अझै ढिलो भएको छैन। हुन सन्छ यो उखान पनि शाही निक्लेला 

बाघको अनुहार हेर्न मन्लागे बिरालो हेरे पुग्छ अनी सत्रुको अनुहार हेर्न मन लागे दाजु भाई सम्झे पुग्छ । 

Last edited: 14-Aug-10 11:00 AM
Read Full Discussion Thread for this article