Posted by: Geology Tiger August 12, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

ए साँच्ची त हुन त चौतारीबासीहरुले मलाई चौतारीमा बसेर घरजग्गाको कारोबार गर्ने अनुमति नदेलान् तर पनि मेरो आत्मिय मित्र ८८४७ ले यही चौतारीको डिलमा बसेर राखेको प्रश्नको उत्तर यही दिन चाहन्छु।


प्रिय मित्र ८८४७ मलाई पनि कता कता चिप्ले गुरुलाई जस्तै भयो कुरो बुझ्न गाह्रो भयो। मित्रसँग ५०,००० डलर नखत भएको त मैले साझाबाटै जानकारी पाएको हो तर मैले मित्रलाई कसरी सहयोग गर्न सक्छु त्यो चाँही अलि बुझ्न गार्हो भयो। पहिलो कुरा त आफू डेरामा बसिएको छ, त्यसैले मैले घर बेच्ने भन्ने कुरा नै छैन। यदी मित्रले नेपालको कुरा गरेको भए नेपालमा भएको श्रीसम्पती जति सबै मेरो आमाबुवाको कमाइ हो। त्यसैले म आँफैले घर बेच्ने स्थिती छैन। अर्को कुरा म यो घर बेचाउने कम्पनीहरुसँग पनि सम्बन्धित छैन। त्यसैले मित्रले म बाट कस्तो सहयोग खोज्नु भएको हो अलि प्रस्ट पारिदिनु हुन्छ कि?


धन्यवाद!     


 

Read Full Discussion Thread for this article