Posted by: 12 Bajyo August 12, 2010
एकातिर यो अर्को तिर त्यो
Login in to Rate this Post:     0       ?        

पुरान लगएर उठेको पैसा गरीब को सेवामा  पो लगाउने हो कि

के मन्दिर बनाउनु जरुरी छ त 

भारतीय हरु को मन्दिर छ नेपाली को मन्दिर छैन भन्दै के हामीले ले प्रतिस्पर्धा नै गर्न खोजेको हो त 


बिरामी शिशुको उपचार खर्च नभएपछि आत्महत्या

smaller text tool iconmedium text tool iconlarger text tool icon
खिलानाथ ढकाल,  डाँगीहाट (मोरङ), साउन २७- बिरामी बच्चाको उपचार गर्ने खर्च नभएपछि मोरङको डाँगीहाटकी एक आदिवासी महिलाले आत्महत्या गरेकी छिन्। डाँगीहाट-५ की २८ वर्षीया कल्पना धिमालले मंगलबार बेलुका घरकै धुरीमा पासो लगाई झुण्डिएर आत्महत्या गरेकी हुन्। 

आमाले आत्महत्या गरेपछि सिकिस्त बिरामी परेकी नवजात शिशुको पनि बुधबार बिहान मृत्यु भएको छ। साउन १६ गते जन्मेकी नवजात शिशुले आमाको दुध खान छोडी सिकिस्त बिरामी परेपछि धिमालले २० गते उपचार गर्न विराटनगरस्थित विराट नर्सिङ होम ल्याएकी थिइन्। 

चिकित्कका अनुसार जण्डिसले गाँजेको शिशुलाई त्यसमाथि १ सय ५ डिग्री ज्वरो आएको थियो। नर्सिङले दिएको जानकारी अनुसार शिशुलाई बचाउन कृत्रिम स्वासप्रश्वास गराउनुपर्थ्यो। त्यति गर्न दैनिक १ हजार ७ सय रुपैयाँ लाग्ने भनेपछि उनले शिशुको उपचारै गराइनन् र घरमा कसैलाई केही भनिनन् पनि। 

‘यहाँ राख्न नसक्ने भए धरानमा केही सस्तो हुन्छ जानुहोस् भनेर पठाएँ', नर्सिङका बालरोग विशेषज्ञ डा. हिरालाल साहनीले नागरिकसँग भने, ‘उनी त्यसै फर्केर घर गइन्।' उनका अनुसार भेन्टिलेटर मेशिनमा राखेर शिशुको उपचार गर्नुपर्थ्यो। ‘नर्सिङमा यो उपचारको व्यवस्था नभए पनि पैसा खर्चिएको खण्डमा शिशु बचाउन भने सकिन्थ्यो', साहनीले भने। उनका अनुसार समय नपुगी जन्मेको र राम्रो स्याहारसुसारको अभावमा बच्चालाई बिरामले सिकिस्त पारेको थियो। 

उपचार अभावमा छट्पटिएको शिशुको अवस्था नाजुक बन्दै गएपछि उनी आफ्नै फुसको घरको धुरीमा लाइलुनको डोरी प्रयोग गरी झुण्डिइन्। श्रीमान् रामबहादुरका अनुसार उनी पासोमा परेका बेला काकाको मृत्युको पाचौं दिनको काजकिरिया भइरहेको थियो। खाना खाइरहेकी कल्पना घरमा कोही नभएको मौकामा उठेर आएकी थिइन्। 

‘केही समयअघि घरमै गएर मैले बच्चालाई चम्चाले दुध पिलाई फर्केकी थिएँ', छिमेकी माया राईले भनिन्, ‘एकछिनपछि उनको मृत शरिर भेट्टाएँ।' उनका अनुसार बच्चालाई लुगा फेर्न घर गएकी भन्ने ठानेर कसैले वास्ता गरेनन्। त्यसको १० मिनेटपछि घर पुगेका श्रीमान् रामबहादुरले उनको लाश भेट्टाए। पासोमा झुण्डिनुअघि उनले एउटा चिठी छोडेकी छिन्। चिठीमा आफ्नै कारणले आत्महत्या गरेको उनले उल्लेख गरेकी छिन्। 

उनको मृत्युपछि अढाई वर्षीया छोरीको पनि बिचल्ली भएको छ। आफन्तका अनुसार नर्सिङ होम गइकन् उनी निराश र धेरै दुःखी भएकी थिइन्। बच्चाको उपचार गर्ने खर्च जुटाउने सामर्थ्य नभएपछि उनी चिन्तित थिइन्। तर उनले बच्चाको अवस्थाबारे कसैसँग केही भनिनन्। ‘उनले बच्चाको अवस्था उपचार खर्चबारे भनेकी भए पैसा जहाँबाट पनि जुटाउने प्रयास गर्थें', श्रीमान् रामबहादुरले भने। कल्पनाको शव उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमपछि बुधबारै अन्तिम संस्कार गरिएको छ।

छिमेकीका अनुसार रामबहादुर र कल्पना अरुको जग्गामा अधिँया खेती गरेर जीवन गुजार्थे। उनीहरुको फुसको घर रहेको जग्गामात्रै आफ्नो हो। ‘श्रीमती हुँदा जसोतसो अधिँया कमाएर जीवन चलेको थियो', रामबहादुर भक्कानिए, ‘अब कसको सहारामा जीउने होला।'
http://www.nagariknews.com/news-highlights/139-highlights/16870-2010-08-11-23-18-23.html
Read Full Discussion Thread for this article