Posted by: Geology Tiger August 7, 2010
SYANJA KO MANCHE HARU CHOR HO
Login in to Rate this Post:     0       ?        

 


दुई चार जनाले फटाहा काम गरे भन्दैमा त्यो ठाउँका सबै मान्छे फटाहा हुँदैनन्, न सबै स्याङ्जाली फटाहा हुन्छन् न त सबै झापाली, त्यसै गरी अरु जिल्लाका मान्छेहरु सज्जनै सज्जन मात्र पनि छैनन्। हामीले सबैले देखेको एउटा कुरा के हो भने नेपालको हरेक ठाउँमा शिक्षा, स्वास्थ्य, रोजगारी तथा खाद्द्यान्न जस्ता कुराहरुको समानुपातिक बितरण छैन, यसले गर्दा कुनै ठाउँको मान्छे बढी शिक्षित छन् भने कुनै ठाउँको कम, कुनै ठाउँको मान्छेहरुले राम्रो स्वास्थ्य सेवा नपाएर अकालमा मर्नु परेको छ त कुनै ठाउँको मान्छेहरुले भोक भोकै बस्नु परेको छ। तर यसको मतलब कुनै एक ठाउँका मान्छे फटाहै फटाहा र कुनै अर्को ठाउँको मान्छे सज्जनै सज्जन हुन्छन् भन्ने केही छैन। त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप गर्ने काम बन्द गरौं।
यो भन्दा अगाडि मैले एउटा थ्रेडमा लेखेको थिए कति दिनसम्म हामीले म यो जिल्लाको हो भनेर भन्न पाउने हो थाहा छैन, यदी नेपालमा साँच्चैनै संघीयता लागू भयो भने हाम्रो भूगोल कसरी विभाजित होला? शायद म यो जिल्लाको भनेर भन्न नपर्ने पनि हुन सक्छ। तर जे भूगोलको सिमांकन जसरी बदलिए पनि भूगोल आँफैमा कदापी बदलिने छैन। त्यसैले आफू जन्मेको माटोलाई माया गरौं र अरुकोलाई सम्मान गरौं।


 


      

Read Full Discussion Thread for this article