Posted by: ser bahadur August 6, 2010
महिलाको बुद्धि चाकमा हुन्छा रे , हेर!!!!!
Login in to Rate this Post:     0       ?        

ठूलो हिप हुने महिलाको स्मरणशक्तिमा ह्रास





Font size:
Decrease font
Enlarge font





image







महिलाको
कम्मरभन्दा तलको तौल बढ्नु भनेको उनीहरूका लागि खतरा हो । हालै गरिएको एक
नयाँ अनुसन्धानले महिलाको फिगर उसको स्मरणशक्तिसँग सम्बन्धित रहेको कुरा
देखाएको छ । अमेरिकामा गरिएको अनुसन्धानमा महिलाको तौल बढी हुनु भनेको
उनीहरूको स्मरणशक्तिमा असर गर्नु हो भन्ने तथ्य पत्ता लगाको छ । आठ हजार
सात सय ४५ महिलामा गरिएको उक्त अनुसन्धानको प्रतिवेदनमा भनिएको छ्, 'तौल
बढी हुनु त स्मरणशक्तिमा ह्रास आउनु हो । अझ महिलाको हिपको तौल धेरै छ भने
त्यो बढी घातक हुन सक्छ ।' अनुसन्धानकर्ताहरूका अनुसार कम्मरवरिपरिको भागको
तौल बढ्नु भनेको महिलाको स्मरणशक्तिमा ह्रास आउनु मात्र होइन क्यान्सर,
डाइबिटिज र हृदयरोग लाग्ने खतरा बढ्नु पनि हो ।


जर्नल अफ
द अमेरिकन गेरियाटि्रक्स सोसाइटीमा छापिएको सो अध्ययन प्रतिवेदनले
स्मरणशक्ति अर्थात् दिमाग तेज हुनका लागि शरीरको उपयुक्त तौल हुन आवश्यक छ ।
यसका साथै अध्ययनले यदि हिपको मोटाइ तथा तौल ज्यादा नभई केही बढी भएमा
यसले महिलाको दिमागको सुरक्षा पनि गर्छ भन्ने देखाएको छ । त्यसकारण
अध्ययनले महिलाको हिप अत्यधिक बढी हुनु हानिकारक हो, तर केही ठूलो मात्र
हुनु फाइदा पनि हो भन्ने निष्कार्ष निकालेको छ ।


अनुसन्धानकर्ताका
अनुसार महिलाको कम्मर तथा हिप वरपर जम्मा हुने बोसोमा एस्ट्रोजन हर्मोन
उत्पन्न हुने गर्छ, तर महिलाको मेनोपोजपछि सो हर्मोन उत्पन्न हुन कम हुने
गर्छ । एस्ट्रोजन हर्मोन दिमागका लागि फाइदाजनक मानिन्छ । मेनोपोजपछि मात्र
एस्ट्रोजन हर्मोन उत्पन्न हुन कम हुने भएकाले ५० वर्षभन्दा माथिका महिलामा
यो समस्या देखिने अनुसन्धानकर्ताले जनाएका छन् ।



Read Full Discussion Thread for this article