Posted by: chipledhunga August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

माछापुच्छ्रे हिमालको शीर फेवाताल जमेको
पश्चिमको याद मलाई पोखरा घुमेको
रुपाताल बेगनाश तालमा मनै डुलेको


शुक्रबारे जदौ सबै गाम्लेहरुलाई।
क्रेजी, वेलकम ब्याक। अनि परिवारलाई कस्तो छ त अहिले? हाम्रो टोल छिमेकको के छ नि नयाँ नौलो? तीन दिन लाग्यो भन्छौ आउन। बर्खाको बेला, पहिरो गैरहन्छ बाटोमा। कहिले खोलो तर्न खोज्दा बस नै फस्छ। गार्हो छ यतिबेला यात्रा गर्न पनि। अनि यसो भन्सार झुक्क्याएर सुकुटी अनि नझुक्क्याइकन चाँही लाखामरी ल्यायौ कि भन्ने आशा थियो। वाइवाइ मात्रै ल्याएछौ, जनयुद्धमा हिंड्दा दिनदिनै जसो खाएर वाक्क भैयो त्यो त। ठुल्दाइलाई पनि निराश पारेछौ, एक कार्टून सुर्यको आश गर्दै हुनुहुन्थ्यो क्यारे। घुमउरो पाराले पाउँ भन्नु भयो जस्तो छ।
रिट्ठे सर, नयाँ खर्कमा दोब्बर भाउ वाइवाइको फिलेगामतिर भन्दा? सरको लन्च पनि पोकाको मोहोर पर्ने वाइवाइ हुन थाल्यो कि बर्गर र अन्डा नै जारी छ?
    
खोइ कता गएका हुन् अरु सबै? 

Read Full Discussion Thread for this article