Posted by: Geology Tiger August 6, 2010
Vote for Niket
Login in to Rate this Post:     4       ?         Liked by

साझाका मित्रहरुलाई एउटा आग्रह!


हुन त यो आग्रह कुनै ठूलो सामाजिक कार्यको लागि होइन, नत मेरो ब्यक्तिगत फाईदाको लागि नै हो, तर पनि साझाका साथीहरुबाट मेरो अपेक्षा भनेको एउटा परिवार र त्यो परिवारसँग सम्बन्धित व्यक्तिहरुको खुशीको लागि सानो योगदान हो। वास्तवमा कुनै पनि परिवारमा एउटा सन्तानको आगमन हुँदा कति हर्ष हुन्छ र त्यो सन्तानको लागि बाबुआमाले कसरी सके जति खुशी दिन चाहन्छन् भन्ने कुरा त कतिपय साथीहरुले अनुभव पनि गरिसक्नु भयो होला (भलै हामी मध्य धेरैले हामीलाई बाबुआमाले कस्तो दु:ख गरेर हुर्काएका थिए भन्ने कुरा चाँही बिर्सिसकेका हुन्छौ)। आफ्नो पहिलो सन्तानको रुपमा जन्मेको निकेत ढकाललाई एउटा वेबसाइटको  baby of the month बनाउने मेरो दाजुभाउजुको प्रयासलाई यहाँहरुको सद्भाव र समर्थनले सार्थक बनाउन सक्छ। मैले यो आग्रह यहाँहरुसँग गर्नुको उद्देस्य त्यो परिवारमा अलिकति खुशीको माहोल छओस् भनेर मात्र हो अन्यथा नलिनु होला।


साथीहरुलाई मेरो कुरा चित्त बुज्छ भने यो तलको लिन्क म क्लिक गरेर आफ्नो ईमेल राखी निकेतलाई भोट गर्नु होला। यो भोटिङ प्रत्येक दिन गर्न पाईन्छ।


http://www.gerber.com/Photo/?entryid=65772&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


कोही साथीलाई मेरो कुरादेखी रिस उठे मलाई मजाले गाली गर्नु होला।


धन्यवाद! 

 

अर्की एउटी नेपालीकी छोरी  फुच्चीको फोटो भोट दिन मिल्ने भएछ यो महिना चैं ..
यो महिनाकी बच्ची "संबिधा" लाई भोट दिन यो लिंक मा जानुहोला ..

http://www.gerber.com/Photo/?entryid=91263&source=10086654&utm_source=Gerber&utm_medium=email&utm_content=PhotoAcceptedReminder&utm_campaign=GerberGeneration#/detail/


 

 
Last edited: 10-Sep-10 10:49 AM
Read Full Discussion Thread for this article