Posted by: amitraja August 3, 2010
जीवन लाई अभिनय नबनाउ साथी
Login in to Rate this Post:     0       ?        
जीवन लाई अभिनय नबनाउ साथी  

नाटक लाई जीवन सँग तुलना नगर साथी
त्यो त केबल अभिनय मात्र हो 
वास्तविकता नाटक भन्दा भिन्न हुन्छ 
नाटककारको यात्रा त नाटक भित्र मात्र सिमित हुन्छ 
जीवन को यात्रा पनि लक्ष्य पनि असिमित हुन्छ 
जब पर्दा खस्छ अनि वास्तविक जीवन सुरु हुन्छ
नाटक त केबल मरोरन्जन मात्र हो
नाटक को रँगमन्च मा भर्पुर ताली भेटिन्छ 
जीवन को मन्च मा ताली सँगसंगै गाली पनि भेटिन्छ
अभिनय त प्रदर्सन मात्र हो क्षणिक हुन्छ    
जीवन एक प्रक्रिय हो पद्दती हो निरन्तर् चलि रहन्छ    
त्येसैले अभिनय र जीवनमा समान्ता न खोज साथी 

जीवन लाई अभिनय नबनाउ साथी
जीवन लाई अभिनय नबनाउ साथी    
Read Full Discussion Thread for this article