Posted by: chipledhunga August 2, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

धनकुटा ज्यानको त्यो ठाडो बजार बिहिबारै हाट लाग्ने
बिहिबारै हाट लाग्ने मेरी माया बिहिबारै हाट लाग्ने
फकाउँदा खेरी मान्दिनौ मैया भगाउं त बात् लाग्ने
भगाउं त बात् लाग्ने मेरी माया भगाउं त बात् लाग्ने


सोमबारे जदौ सबै गाम्लेहरुलाई।
आज त ठुल्दाइले युनिकोड नहाली लेख्नु भएछ नि, शायद साझामा पहिलो चोटि नै होला त्यसो गर्नु भएको। पहिलो चोटि नभए नि फर्स्ट टाईम चाँही पक्कै हो, ल जा त।
ठुल्दाइ, को औतारिसँग भेत हुन नसकेको?
रिट्ठे सर, के थाहा नपाएको जस्तो गरेको? त्यो राइनीलाई त कालिङ्पोङ्गबाट काठमाडौं जाँदा सरले नै इटहरीमा बाटो छेक्या भन्ने सुनिएको थियो त। हस्तिनापुरमा त राइ थरको कोही भेटेको छैन है।
आफ्नो फोटो सहित हाजिर गर्ने चाँही रामे र बाउचा रहेछन्। छानी छनी मैचा भेट्टाएस्, यही मंसीरमा भुभुजेला बजाँउदै बिहे गरेस्।
नेप्चे र बिष्टेलाई तारेमाम।           

Read Full Discussion Thread for this article