Posted by: Geology Tiger July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

 


तारेमाम ठुल्दाई,


अहो कस्तो काइदा रैछ, यो बिस्टे काजिको! फेरी दिन दिनै नयाँ नयाँ मन्दिरमा नयाँ नयाँ देवीको दर्शन गर्दै गर्दा घरकी देवी चाँही रणचण्डी भएर आइलाग्लिन नि काजी, कि त्यस्को पनि ब्यबस्था गरेको छ? घरवाली बाहरवाली जस्तो ब्यालेन्सड छ भने त ठिकै हो।


अब बैरेले ठाउँ कुठाउँ जता ततै गुटुर गु गुटुर गु गरिहिड्छ त्यसपछी अरुलाई खपिनसक्नु नभएर के गर्नु? धन्य हो बैरे पनि! उता ठुलाबडाहरुले  चाइनाले धेरै बिकास गरेको फाईदा नेपालले पनि लिनुपर्छ भन्थे, बिचरा हाम्रो लहरेले पनि बैरेले गरेको गुटुर गु को अलि कति, पित्त, थोरै फाईदा लिन लागेको होला नि त, बिचरा लहरे!   


अनि भन्थे नि, पानी मुनी घुमाउने साँचो, नबुझ्नेलाई बुझाउन के खाँचो? खै कुरा बुझेको रिठ्ठेले?


 

Read Full Discussion Thread for this article