Posted by: sajhabusaima July 17, 2010
Dreamers, innovators, workaholics...केही गरेर देखाउन चाहनेहरु
Login in to Rate this Post:     0       ?        
हाम्रो देशको सधै जस्तो आउने नराम्रो खवर पढदा र सुन्दा थाकेको कान र आँखा आझ अनयास यो लेख देख्दा खुसि लाग्यो  अनि भन्न मन लाग्यो ल साथि शुरु गरौ हाम्म्रो एउटा समुह देश बिकास का खातिर यहि साझावाट।  हुन त म त्यसो भन्दा कुनै ठोलो समाजसेबि पनि होइन र म प्रस्सत सम्पतिको मालिक पनि होइन, सिर्फ म एउटा नेपालि र नेपाल माया गर्ने नेपालि।

साथि हो, अझै पानि लाखौं बालबालिका मा शिक्षाको पहुच छैन। स्वास्थ, खानेपानि को कुरा त धेरै टाढाको कुरा रहेको छ । समाजका हरेक बालबालिका लाई शिक्षा दिनेहो भने  भोलिको समाज र देश समृद्ध बनाउन समय लाग्ने छैन तर  असफल शिक्षा निति अनि गरिब र निमुखा बालबालिकालाई अझ अरु शिक्षावाट वञ्चित राख्नेहो भने यसले भविष्यमा अरु धेरै समस्या जन्माउने निश्चित छ। अहिले तपाई हामिले  गर्ने सानो लगानिले नेपालका सयौं गाँउमा शिक्षाका ज्योति पुर्याउन सकिनेछ भने कुनै पनि बाल बालिकालाई शिक्षाको उज्यालो किरणबाट बञ्चित हुनु पर्नेछैन्। 

साथि तपाईले भने जस्तै पल्याटफर्म बनाउने नै हो भने किन कुरा मात्र गर्ने, ल शुरु गरौ हरेक ६ महिना मा एउटा प्राथामिक बिध्यालयमा पुस्तकालयको निर्माण। हामि स्कुल र स्थानिय बासिन्दा सँग मिलेर काम गरौं किताब र चाहिने सामग्रि हामिले हेर्ने तर भवन, जनशक्ति समाजको र बिध्यालयको रहने। यसको  निरन्तरता बिध्यार्थिको उपस्थिति, पढाइमा सफलता, समाजमा लेर्याको परिबर्तन, बालबालिकामा आएको  पढने बानिमा आएको परिबर्तन जस्ता कुरा हरुलाई मध्यनजर राखिने छ।
यसले अंग्रेजि,  गणित र बिज्ञान बिषयका  पुस्तक र भिडियोहरुलाई बढि महत्व दिनेछ, जसले गर्दा  सरकारि स्कुलका बिध्यार्थिले भोग्दै आएको अंग्रेजि,  गणित र बिज्ञान पिडित हुने समस्याबाट थोरैमात्रामा भए पनि शान्तिको सास फेर्न पाउनेछन भने स्कुलका टिचरहरुले पनि तालिमको अवसर पाउनेछन।

अनि हामिले यसरि शुरु गरेको स्कुलहरुमा सोहि गाविस, नगरपालिका, जिल्लाका  हस्पिटल वा नर्सिङहोमका डाक्टर, डेन्टिस्टवाट हरेक ३ -३ माहिना मा एकपटक फ्रि हेल्थ चेकको ब्यबस्था मिलाउन सकिनेछ, जसमा लाग्ने खर्च हस्पिटल, नर्मिसिङहोम ,  समाजसेबि, गैरसरकारि संस्थाबाट चन्दा सहयोग स्वरुप उठाइनेछ। 

यसै पुस्तकालयले फिल्टर जडित सफा पिउने पानि, चर्पिहरु को ब्यबस्था, बालबालिका बंगैचा को निर्माण गर्न  स्कुल प्रशासनलाई सघाउनेछ भने हरेक ६- ६ महिनामा बिध्यार्थिलाई खेलकुद कार्यक्रको आयोजना गरिनेछ शाथमा निर्त्य, संगित, ज्ञानबर्दक बिषयमा तालिम पनि यसै मार्फत दिइने छ ।   

यसले बालबालिकालाई बिश्र्वका कुनै पानि देशका बालबालिका सँग अन्तरक्रिया गर्ने एउटा प्लयाटफर्म बनाउने छ भने तपाईहामि जस्ता साथिहरुलाई स्कुल सँगको सम्पर्क च्यानल।


 साथिहो मेरो बिचारमा  हामि अरुको मुख ताक्नु भन्दा ल शुरु गरौं केहि काम ।  साझामा कति जना तयार हुनु  हुन्छ यसका लागि। तपाईहरुले पैसा छैन भने अरु तरिकाले सहयोग गर्न सक्नु हुन्छ वा नेपाल जाँदै हुनुहुन्छ भने स्कुलमा गएर सहयोग गर्न सक्नुहुन्छ । ल साथिहो सुरु गरौ।  


Read Full Discussion Thread for this article