Posted by: prabhat41 July 16, 2010
सम्झ
Login in to Rate this Post:     1       ?         Liked by
सम्झ
******

म् लडखडाएर ढल्न लाग्दा ,
तिम्रा सहयोगी हात हरु अगी बढ्दैनन भने ,
म् चिथोरिदा ,चिमोटिदा !!
तिमीलाई दुख्दैन भने ,
सम्झ !!
मैले आफ्नो डायरि बाट ,
‘मित्रता’ शब्द मेटिसके|
(1)

मेरो अनिछ्या मा आमन्त्रण गर्छौ ,
आफ्नै गीत सुनाउछौ ,आफ्नै बखान गर्छौ ,
काउन्टर मा !! आफ्नो मात्र,
पैसा तिरेर ,सुटुक्क हिड्छौ ,
भने !सम्झ !!
नैतीकता ले ,
फरिया लगाइ सक्यो |
(2)
अनगिन्ती लाश हरु चढेर ,
टुप्पो मा पुग्छौ ,
पाइला हरु लड्बडाये भने ,
सम्झ !
मृत्‍यु तिमिलाई ,
दैलो मै ढुकी रहेछ |

(3)
मान्छे मर्दा ,तिम्रो नाउ आउछ्,
गाउ मा कुकुर मोर्दा तिम्रो नाउ आउछ ,
उस्को धोती फुस्क्यो ,उस्को अपहरण भयो ,
तिम्रै नाउ आउछ ,
तेसैले सम्झ !!
बद्नामी रिटेल मा हैन ,
होल सेल्मै आउछ |

Read Full Discussion Thread for this article