Posted by: _____ July 15, 2010
आठ करोड लिएर गिरिजाले मुद्दा फिर्ता लिए
Login in to Rate this Post:     0       ?        
- पदम ठकुराठी, वरिष्ठ पत्रकार

ममाथि आक्रमण भएपछि आक्रमण गर्नेहरू धमाधम समातिए । विजयराज भट्ट भन्ने एकजना डीएसपी थियो । उसको सक्रियतामा उनीहरू समातिएका थिए । एकपछि अर्को गर्दै अभियुक्तहरू समाति“दै गएपछि यथार्थ पनि खुल्दै गएको थियो । गोली हान्ने विकास गुरुङलाई समात्न नसके पनि अरू प्रायः सबैलाई प्रहरीले एक एक गर्दै पक्राउ गर्न सफल भएको थियो । पुलिसले पक्राउ परेका यिनीहरू कसैलाई पनि अरूस“ग भेट दिएको थिएन । भेट दिएको भए फेरि यिनीहरूले अर्को कुनै षडयन्त्र गरेर निस्किहाल्न पनि सक्थे । तर, भेट नदिएपछि उनीहरूको एकअर्कास“ग सर्म्पर्क भएन । पुलिसले पनि एकमार्फ अर्को अर्को गरेर प्रायः सबैलाई पक्राउ गर्न सफल भयो । पुलिसले यिनीहरूस“ग बयान लिन थाल्यो । उनीहरू पनि खुल्दै गए । उनीहरूस“ग लिइएको बयानमा सबै कुरा स्पष्ट भएपछि पुलिसले अदालतमा उनीहरूका विरुद्ध मुद्दा दर्ता गर्‍यो । तर, अदालतमा गएपछि त्यहा“ षडयन्त्र सुरु भयो । अदातलका वकिलहरूले षडयन्त्र गरेर अभियुक्तहरूलाई नया“ बयान दिन लगाए । प्रहरीले हामीलाई समातेर जबर्जस्ती झूटा बयान लिएको हो भनेर अभियुक्तहरूले अदालतमा बयान फेरे । प्रहरीस“ग दिएको बयानका सम्बन्धमा सबै अभियुक्तले इन्कार गरिदिएपछि मुद्दा प्रभावित हुनेभयो ।

यो घटनाको सम्बन्धमा जा“चबुझ गर्न कृष्णजंग रायमाझीको अध्यक्षतामा एक सदस्यीय आयोग गठन भएको थियो । त्यतिबेला रायमाझी क्षेत्रीय अदालतको प्रमुख न्यायाधीश हुनुहुन्थ्यो । पुलिसलाई मात्र नभएर सबैलाई पक्राउ परेका सबै दोषी हुन् भन्ने कुराको एकिन भइसकेको थियो । तर, पनि षडयन्त्रका कारण मुद्दाले नया“ मोड लि“दै थियो । पुलिसलाई समेत झूटा सावित गर्न खोजि“दै थियो । एउटा कस्तो संयोग परेछ भने- ममाथि गोली प्रहार भएपछि मलाई उपचारका लागि तत्काल वीर अस्पतालमा भर्ना गरियो । घटनाका सम्बन्धमा त्यहा“ व्यापक हल्लाखल्ला मच्चियो । मलाई वीर अस्पताल लगिएकै राति न्यायाधीश रायमाझीकी श्रीमती पनि आफ्नी बहिनीको डेलिभरी केसका लागि त्यो रात वीर अस्पतालमै हुनुहु“दो रहेछ । उहा“ले अस्पतालमा मेरो अवस्था प्रत्यक्ष देख्नुभएको थियो । र, सम्पर्ूण्ा घटना विवरण सुन्नुभएको रहेछ । त्यसैले पछि यो घटनाको छानबिन न्यायाधीश रायमाझीको जिम्मामा गएपछि श्रीमती रायमाझीले पनि दोषीहरूलाई कसैगरे पनि उम्कन दिनुहुन्न, उनीहरूलाई सजाय हुनर्ैपर्छ भनेर रायमाझीलाई दबाब दिनुभएको रहेछ ।

कृष्णजंग रायमाझीलाई पनि थाहा थियो कि यिनीहरू दोषी हुन् । तर, अभियुक्तहरूले प्रहरीमा दिएको बयान अदालतमा अस्वीकार गरिदिएपछि प्रहरीको बयानको कुनै अर्थ हु“दैनथ्यो । अदालतका लागि अर्को कुनै भरपर्दो प्रमाण थिएन । त्यसपछि न्यायाधीश रायमाझीले त्यो मुद्दालाई तारिख टार्दै लगे । मुद्दाको तारिख बढाउ“दै लगियो । यही बीचमा विकास गुरुङ पक्राउ पर्‍यो । मलाई गोली हानिसकेपछि विकासलाई यिनीहरूले बम्बै पठाएका रहेछन् । भारतमा पनि नेपाली बस्तीहरू रहेका सिक्किम, दार्जलिङ, देहरादुनलगायतका ठाउ“हरूमा त नेपाल प्रहरीले पनि खोजीका लागि पहु“च पुर्‍याएको थियो । तर, ऊ बम्बैमा रहेछ, प्रहरीले कसरी पत्ता लगाउनु । उसको खर्चका लागि ४० हजार रपैया“ भारु प्रतिमहिना यिनीहरूले बम्बै पठाउने गरेका रहेछन् । तर, पछि विकासले मलाई प्रत्येक महिना ४० हजार होइन, एकमुष्ठ २० लाख रुपैया“ पठाइदेऊ । त्यति रकम पठाएपछि तिमीहरूको र मेरो सम्बन्ध सकिन्छ । त्यो पैसाले म यहीं कुनै व्यवसाय गरेर बस्छु भनेर यिनीहरूलाई चिट्ठी पठाएको रहेछ । तर, त्यो चिट्ठी पठाएपछि ४० लाख त के महिनावारी पठाउने ४० हजार रुपैया“ पनि यिनीहरूले पठाउन छाडेछन् । त्यसपछि विकास गुरुङ रिसाएर काठमाडौं आएको रहेछ । यहा“ आएपछि बल्ल उसले पैसा नआउनुको कारण पत्तो पायो । यहा“ सबैजना पक्राउ परेकाले उसलाई बम्बैमा पैसा पठाइएको थिएन ।

ऊ फेरि फर्केर बम्बै जाने अवस्था भएन । त्यसपछि ऊ आफ्नो पुरानै चोरी धन्दामा लागेछ । त्यसै क्रममा सानेपामा बसेको एउटा विदेशीको घरमा चोरी भएछ । ग्रिल काटेर भित्र भएका सबै सामान चोरी गरिएको रहेछ । यो चोरीको प्रकृति देखेपछि डीएसपी विजय भट्टलाई लागेछ- यो चोरी पक्कै पनि विकासले नै गरेको हुनर्ुपर्छ । त्यसपछि भट्टले काठमाडौंका विभिन्न नाकाहरू बन्द गरेर उसको फोटोसहित खोजीकार्य सुरु गरेछ । त्यतिबेला टयाक्सीमा अगाडिको सिटमा एकजना प्रहरी राखेर काठमाडौंमा अपराधी खोज्दै हि“ड्ने चलन रहेछ । नभन्दै यसरी नै खोज्दै जानेक्रममा वन मन्त्रालयअगाडि टेम्पुबाट झरेर साथीको कोठामा जा“दै गरेको अवस्थामा प्रहरीले विकासलाई पक्राउ गरेछ । पक्राउ पर्नेबित्तिकै उसलाई डीएसपी भट्टकोमा लगिएछ । भट्टले उसलाई सामान्य सोधपुछ गरेछ । यसैक्रममा उसले सबै यथार्थ बताएछ- 'यिनीहरूले मलाई दिने भनेको पैसा दिएनन् । त्यसैले म कि आफ्नो पैसा असुल गर्छर्ुुक यिनीहरूको सबै पोल खोल्छु भनेर यहा“ आएको हु“ ।'

'तेरा साथीहरू सबै पक्राउ परिसकेका छन् । यिनीहरू सबैले तेरा विरुद्धमा साविती बयान पनि दिइसकेका छन् । त्यसैले अब त“ त परिस्,' भनेर डीएसपी भट्टले उसलाई तर्सर्ाा । पढेलेेखेको र बुद्धि भएको भए पो उसले केही सोच्न सक्थ्यो । विजयका कुरा सुनेपछि ऊ आत्तिएछ र आफ्नो सजाय कम गरिदिनका लागि आग्रह गर्न थालेछ । 'तेरो सबै सजाय हटाउन त म पनि सक्दिन,' त्यसपछि विजयले उसलाई भनेछ, 'त“ यदि सरकारी मुखभिर भइस् भने तेरो सजाय आधा घटाउन म प्रयास गर्छर्ुु' विजयलाई के थाहा थियो भने विकास समातियो भन्ने थाहा पाउनेबित्तिकै वकिलहरूले उसको पनि बयान फर्ेन लगाउ“छन् । त्यसैले उसले विकास पक्राउ परेको घटना गोप्य नै राखेको थियो भने उसलाई कसैस“ग भेट गर्न पनि दिएको थिएन । तर, एक दिन विकासले डीएसपी विजयस“ग मलाई भेट्ने इच्छा राखेछ । डीएसपी विजयले सोधेछ- 'हिजो जसलाई गोली हानिस् आज उसैलाई किन भेट्न खोज्दैछस् -' विकासलाई अब म कसैगरे पनि फुत्किन सक्दिन भन्ने बोध भइसकेको हुनर्ुपर्छ । र, उसमा पश्चात्ताप पनि भएको थियो, सायद । त्यसैले उसले भनेछ- 'पदम ठकुराठी एकजना राम्रो लेखक हो । त्यसैले मैले अब आफ्नो जीवनका सबै घटना उहा“लाई सुनाउ“छु । उहा“ले मेरो जीवनका बारेमा एउटा किताब लेखिदिनुहुन्थ्यो कि †' उसको इच्छा सुनेपछि डीएसपी विजयले त्यसको भोलिपल्ट नै उसलाई मस“ग भेट गराउने चा“जोपा“जो मिलाएको थियो ।

विकास पक्राउ परेको हल्लाखल्ला भएको भए फेरि पनि यो मुद्दालाई बंग्याउने प्रयास हुन्थ्यो होला, तर यसैको सुइ“को पाएर नै डीएसपी भट्टले उसलाई कसैस“ग भेट गर्न नदिई सोझै अदालत लिएर गयो । अदालतले सोझै ऊस“गै बयान लियो । अदालतको पहिलो प्रश्नको जवाफमा नै उसले भएभरका सबै कुरा लिखितम् बयान दियो । अरू अभियुक्तहरूले पुलिसस“ग दिएको बयान र विकासले अदालतमा दिएको बयान मिलेकाले अदालतले त्यसैका आधारमा सबैलाई सजायको फैसला सुनायो । तर, पछि सबैले अदालतबाट सफाइ पाए भनेर प्रचार गरियो, तर वास्तविकता त्यस्तो होइन । यिनीहरू कसैले पनि अदालतबाट सफाइ पाएका होइनन् । प्रजातन्त्र आएपछि विसं २०५१ सालको मध्यावधि चुनावको घोषणा भइसकेपछि गिरिजाप्रसाद कोइरालाले आठ करोड रुपैया“ लिएर त्यो मुद्दा फिर्ता गरिदियो । सरकारवादी मुद्दा भएकाले सरकारले मुद्दा फिर्ता लिएकाले अदालतबाट सजायका लागि फैसला भइसकेको भए पनि उनीहरू जेलमुक्त भएका हुन् । तर, ६/६ वर्षसबैले जेल सजाय भोगेका हुन् । भरत गुरुङको मात्र एक अर्बको बिगो थियो । त्यसैकारण भरतले नै गिरिजालाई आठ करोड रुपैया“ बुझाएर मुद्दा फिर्ता लिन लगाएको हो । क्रमशः
source: http://www.nepalnews.com/contents/2010/nepaliweekly/janadharana/jul/jul15/interview.php#1
Last edited: 15-Jul-10 08:41 AM
Read Full Discussion Thread for this article