Posted by: Rahuldai July 14, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

द्वितिय शतांक समारोह समिति गठन गरिएको बारे सूचना


साझा संसार भित्र २००५ साल देखी निरन्तर रुपमा सकृय संचालन हुंदै आएको साझा चौतारीले केही दिनमै द्वितिय शतांक मनाउने सर्बबिदितै छ । यस गौरबमय अबसरलाई भब्यरुपमा मनाउन समारोह समिती गठन गरिएको छ । समितिका पदाधिकारीहरु र तिनको कार्यबिभाजन निम्न बमोजिम तय गरिएको छ ।



मानार्थ अध्यक्ष- बिर्ख बहादुर बोगटी - दैनिक १० पोस्ट गर्नै पर्ने, नगरे १०० पोस्ट को जरिवाना हुने । पुराना औतारिहरुलाई चौतारीमा पुन: सवारि चलाऊने बिशेष जिम्मेवेरए सहित ।
 
अध्यक्ष - लहरे कान्त लाकौल - सप्पै समारोह को अपजस जती लिने



सचिब - राम पर्साद रम्तेल - अध्यक्षको कामकार्यबाही को वाच गर्ने ।



महिलाध्यक्ष - क्रेजी परमात्मा - धार्मिक तथा मार्मिक कार्यक्रम को ब्यबस्था गर्ने ।



कोषाध्यक्ष - पुरे प्यारे लाल- सके उठाउने न सके आफ्नै खल्तीबाट खर्च गर्ने ।
 
बाँकी सप्पै औतारिहरी सदस्यमा मनोनित गरिएको छ । आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने ।


श्रीमती हुने ले श्रीमतिलाई, श्रीमान हुनेले श्रीमान, बालबच्चा हुनेले बाल्बच्चालाई, गर्ल फ्रेण्ड हुने ले गर्ल फ्रेन्ड लाई सदस्य बन्न लगाइ चौतारीलाई अझ हरा भरा बनाउने ।

Read Full Discussion Thread for this article