जिन्दगी को भाग-दौड मा कति चाडो दुई हप्ता बितेको पत्तै भएन। थाइ एयरवेज को दिउसो को फ्लाइट थियो। भाग्य ले झ्याल तिर को सिट परेको रहेछ, हिमालको मनोरम द्रिश्य हेर्दै केही घण्टामै ब्यङ्कक पुगियो। एयरपोर्ट बाट ट्याक्सी लिएर होटल पुगे, त्यही होटल मा नै ट्रेनिङ थियो। दुई बर्ष पछि ब्याङ्कक पुग्दा त्यहा खासै केही परिवर्तन भएको देखिन, उही भिडभाड, त्यही गाडी को तातीहरु। एकपल्ट त झुक्किए पनि के म आफ्नै काठमान्डु मै त छैन भनेर? तर अग्ला अग्ला घर अनी अली चौडासडकहरु देखेर बिश्वस्त भए, हैन साचिकै ब्याङ्कक नै पुगेको रहेछु। भोली पल्ट देखि ट्रेनिङ थियो, दिनभर को भागडौद ले होला बिछौना मा पल्टेको मात्र के थिए भुसुक्कै भएछु।
दिन भरी को
ट्रेनिङ अनी बिहान
बेलुकी त्यही ट्रेनिङ मा
भेट भएका साथीहरु
सँग को भलाकुसारी
र ब्याङ्कक को
अली अली चहलपहल
हेरेर पहिलो हप्ता
त सजिलै बित्यो।
एक हप्ता चाही अन्जली कहाँ बसेर ब्याङ्कक कै वरीपरी घुम्ने अनी अर्को हप्ता चाही फुकेट
जाने मेरो योजना थियो। ट्रेनिङ सकिएको दिन अन्जली लाइ फोन गरे, भोली पल्ट बिहान को
खाना खाने गरी आउनुस न त भनेर निम्ता गरिन।
बिहान उठेर हात मुख धोएर फ्रेश भए। अरु दिन त सधैं त्यही होटल मा नास्ता खाने
गरेको ले होला त्यो दिन भने नास्ता खाना बाहिर जान मन लाग्यो। बाटो पारी एउटा क्याफे
रहेछ। काउन्टर मा गएर कफी र केक अर्डर गरे अनी एउटा खाली टेबल मा गएर बसे। केही क्षण
मै अर्डर आइ पुग्यो, पत्रीका मा ब्यस्त भएको आँखा उठाएर हेरे। एउटी सुन्दर युबती ले
कफी र केक ल्याएर मेरो टेबल मा राखी दीइन। उनको अनुहार मा मन्द मुस्कान थियो। हेर्दा
त थाइ जस्तो लागेन, मङोलियन अनुहार त पक्कै थिएन त्यो। की त इन्डियन न भए त नेपाली
हो की जस्तो लाग्यो। एक मन ले त सोधौ की जस्तो लागेको थियो, तर सोध्ने आट गर्न सकिन। "थ्यान्क यु" भने, केही शिस्टता त देखाउनै
पर्यो। "यु आर वेलकम" भनेर उनी फर्किन, एउटा अङ्रेजी गीत सानो स्वरमा गुन
गुनाउदै, म भने उनलाई एक छिन हेरी रहे। धपक्क बलेकोअनुहार,
कुम सम्म आउने
कपाल अनी मिलेको
शरीर, उनमा एउटा
छुट्टै आकर्षण थियो।
क्रमश …….