Posted by: Birkhe_Maila July 12, 2010
~चौतारी १९५ ~
Login in to Rate this Post:     0       ?        

हुन त कहिल्यै नउठ्ने कर्ण फुसफुसमा कसले नै घन्टि बजायो होला र तै पनि-


हस्तिनापूरको कर्णफुसफुस दुर्भाग्यवस एक दुखद् दुर्घटनामा शौचालयको अति संवेदनशील प्वालमा खस्न पुगि कोमामा पुगेको छ। उक्त फोनमा विगत ४८ घन्टाको अथक प्रयास पश्चात पनि केवल झिनो हरियो बत्ति टिल्ल बल्नु बाहेक अरु कुनै पनि किसिमको जीवनको चिन्ह छैन। फोन डाक्टर डा. भेराइजन धनपती भन्छन्, यो स्थितीमा केवल कुर्नु शिवाय अरु काम छैन। केहि समय कुरेपछि कि त माता पाटी (मदर बोर्ड) ट्रान्सप्लान्ट गर्नु पर्ने  कि फोनको शहादत स्विकार गर्नु पर्ने स्थिती रहेको छ। यस्तै स्थीतीको कारणले गर्दा फोनको जीवन विमा अत्यन्त जरुरी कुरा हो भन्ने वाक्य डा. भेराइजन धनपतीले पटक पटक भनेको सुन्दा, बिर्ख बहादूर बोगटी ' दुई चार दिन हेरम कि डाक्टर नै फेरम' भन्ने ध्याउन्नमा छन्। धन्यवाद्।


जे जस्तो भए पनि, जति ढिलो भए पनि जति व्यस्त भए पनि जदौ! यो बिर्खे माईलाको!!

Read Full Discussion Thread for this article