Posted by: _____ July 11, 2010
Worth reading
Login in to Rate this Post:     0       ?        

खगेन्द्रजंग गुरुङ



मध्यस्थकर्ता
बन्ने प्रयास




नेपालमा इमानदार नेताको खडेरी छ। मैले देखेको एक जना इमानदार नेता
टंकप्रसाद आचार्य थिए। उनमा व्यक्तिगत स्वार्थ थिएन। तर, आजका नेतामा
विश्वास, आस्था, नैतिकता र वचनको सबैभन्दा ठूलो संकट छ। मैले जनजातिको
सन्दर्भमा पनि यो कुरा भन्दैछु। किनभने, राजाले त ढाँटे-ढाँटे, कांग्रेस,
एमाले हुँदै माओवादीसम्म आइपुग्दा पनि जनजातिका समस्या ज्यूँकात्यूँ छन्।
माओवादीले समेत ढाँटेपछि अब जाने कहाँ?


यसै प्रसंगमा माओवादीसँगको एउटा प्रसंग सम्भिmन्छु। यो २०५८ सालको कुरा
हो। पटनाको एउटा ज्यादै ठूलो धर्मशाला, जहाँ १ सय ४५ जति त कोठा नै थिए।
करबि एक हजार माओवादी नेता/कार्यकर्ताको उपस्िथति थियो। माओवादीको कुनै
बैठक/सम्मेलन हुनुपर्छ, चलिरहेको थियो। बाबुराम भट्टराईबाहेक
केन्द्रीयस्तरका सबैजसो नेता त्यहाँ उपस्िथत थिए। प्रचण्ड स्वयंको निम्तोमा
उनलाई भेट्न म त्यहाँ पुगेको थिएँ। त्यस क्रममा उनीसँग मेरो लामो कुराकानी
भयो। प्रचण्डले चीनसँगको सम्बन्ध बढाइदिन मसँग अनुरोध गरे।


प्रचण्डका कुरा चर्कै थिए। सवालजवाफ पनि चल्यो। मैले भनेँ, "राष्ट्रिय हित
नहेरेर कम्युनिस्ट सिद्धान्त मात्र भनेर केही हुँदैन। चीनले त माओवाद भन्न
छोडिसक्यो। तपाईंहरू किन बेकारमा माओ-माओ भन्दै हिँड्नु हुन्छ?" प्रचण्डले
सोधे, "त्यसो भए के गरौँ त?" मैले भनेँ, "चीन नेपालमा स्थायी सरकारको
पक्षमा छ। जति अस्िथरता भयो, विदेशीहरूको चलखेल त्यति नै बढ्छ। त्यो चीनका
लागि खतरा हुन्छ। चीनको यस्तै बुझाइ छ। त्यति मात्र होइन, राजतन्त्र
मासिनासाथ अस्िथरता पैदा हुन्छ र त्यसको फाइदा उठाएर भारतलगायतका
विदेशीहरूको चलखेल बढ्छ। चीन त्यसको पक्षमा छँदै छैन। अझ तपाईंहरू त
गणतन्त्र भनिरहनुभएको छ। यस्तो अवस्थामा चीनले तपाईंहरूलाई कसरी विश्वास
गर्छ?" त्यसपछि प्रचण्ड केही नरम भए। भने, "त्यसो भए राजासँग भेट
गराइदिनुपर्‍यो। यदि चीन राजा मान्नुपर्छ भन्छ भने हामी मान्न तयार छौँ।"


भेट गराउनु के गाह्रो होला र भन्ने लाग्यो। किनभने, त्यसपूर्व दरबारका
तर्फबाट मध्यस्थताका निम्ति धेरैपटक अनुरोध आएको थियो। प्रमोदशमशेर,
दामोदरशमशेर, प्रभुशमशेर जबरालगायतका व्यक्तिहरू त माओवादीसँग वार्ताका
लागि मध्यस्थताको भूमिका निर्वाह गरििदन अनुरोध गर्दै मेरो ढोकासम्म आएका
थिए। यसैका लागि तत्कालीन प्रधानसेनापति प्रज्वल्लशमशेर जबराले एक जना
कर्णेल मकहाँ पठाएका थिए। सोचेँ, दुवैतर्फबाट यस्तो कुरा आएपछि किन अघि
नसर्ने ! प्रचण्डसँग पटनामा कुराकानी भएपछि वार्ताको मध्यस्थताका निम्ति
आफ्नातर्फबाट सक्दो प्रयास गरेँ। पटनाबाटै दरबारमा फोन सम्पर्क गरेँ र
काठमाडौँ आएँ।


ज्यादै उत्साहित थिएँ। काटमारको अवस्थाबाट मुलुकलाई किनारा लगाउन सकियो
भने त्यसको छुट्टै महत्त्व हुन्छ भन्ने थियो। यसबीचमा मध्यस्थताका अनेक
प्रयास भएका थिएतर सबै असफल भए। यस्तोमा माओवादी र दरबारका शीर्ष
व्यक्तित्वबाटै वार्ताको पहल गरििदन गरेको आग्रह उत्कर्षमा पुग्दाको
रोमाञ्च नै बेग्लै थियो। अनेक कल्पना गर्दै थिएँ। राजा ज्ञानेन्द्र र
प्रचण्डबीच कुराकानी गराउन बीचको भूमिका निर्वाहका निम्ति अनेक एजेन्डा र
सूत्रहरूको फेहरस्ित नै तयार गरेको थिएँ। वार्ता असफलतातिर मोडिन खोज्यो
भने के गर्ने भन्ने उपायहरूको पनि खोजी गरेको थिएँ।


तर, मैले प्रयास गर्दागर्दै वाग्मतीमा धेरै पानी बगिसकेछ। मैले त चालै
पाइनँ। भारतले माओवादी र अमेरकिाले दरबारसँग एक प्रकारको सहमति गरिसकेका
रहेछन्। आर्थिक रूपमा सक्दो सहयोग गर्ने र कम्युनिस्टहरूलाई सखाप नै
पार्नुपर्छ भन्ने अमेरकिी प्रस्ताव दरबारसम्म पुगेको रहेछ। उता भारतले पनि
माओवादीलाई वचन दिइसकेको रहेछ, राजतन्त्रको निर्मूल र गणतन्त्र ल्याउने
सर्त हो भने सघाउन तयार रहेको भनेर।


त्यसपछि त के थियो र ! दुवै आ-आफ् नो बचनबद्धताबाट पछि हटे। आज-आज,
भोलि-भोलि भन्दै दरबारले भेट्ने समय टार्न थाल्यो भने माओवादी पनि वार्ताको
मुडबाट पछि हट्यो। यसैबीच, एक्कासि सेनाले मेरो घरमा छापा मार्‍यो।
राणाकालदेखि राखिएका राइफलहरूलाई 'माओवादीका हतियार लुकाएको' भन्ने आरोप
लगाई जफत गरयिो। सेनाद्वारा मलाई गिरफ्तार गरी ब्यारेकमा थुनियो। खाडल खनेर
त्यहीँभित्र पुरेर राख्यो। कतिसम्म भने खाना र दिसापिसाबका निम्ति बाहिर
निकाल्थे, अरू समय खाडलमा राख्थे। बूढो शरीर, त्यसमाथि खाडलमा राख्दाको
चिसोले रडिको हड्डी र नसाले काम गर्न छोड्यो। त्यो पीडाको मूल्य अहिले
तिर्दैछु। नर्भिक अस्पतालको सीसीयूमा २११ नम्बर बेडमा बसेर। अहिले त छातीमा
पनि समस्या देखिएको छ। तीन महिना ब्यारेकमा राखेपछि मलाई जेल चलान गरएिको
थियो। करबि डेढ वर्ष थुनिएँ।


अहिले देशमा जुन समस्या देखिएको छ, वास्तविक नेता नभएकाले त्यस् तो
देखिएको हो । त्यसैले राष्ट्रिय पहिचान भएको व्यक्ति नै नेता हुनुपर्‍यो।
देशका लागि त्यस्तो नेताको खाँचो छ। दुई महत्त्वपूर्ण छिमेकीबाट हाम्रो
मुलुकले धेरै कुरा हासिल गर्न सक्छ। तर, त्यस्तो राष्ट्रिय नेता
हुनुपर्‍यो। भारतको कुरा चीन र चीनको कुरा भारतलाई लगाएर केही फाइदा छैन।
हामीकहाँ सबै नेता यस्तै 'नारद' प्रवृत्तिका छन्। यिनले राष्ट्रिय हितमा के
काम गर्लान्  ! सम्झेर ल्याउँदा ज्यादै दुःख लाग्छ ।


प्रस् तुतिः ईश्वरी ज्ञवाली
source:http://www.ekantipur.com/nepal/article/?id=1270
Read Full Discussion Thread for this article