Posted by: SurNaTal July 7, 2010
~~* चौतारी *~~ १९४
Login in to Rate this Post:     0       ?        
नमस्ते सबै गाम्ले हरुलाई यो सुन्तलेको। 

धेरै दिन पछी उपस्थित भएको छु, त्यो पनि एउटा स्वार्थ बोकेर। क्षमा दिनु होला। 

पहिले खुट्टे भकुन्डोको कुरा गरम। आफ्नो पनि यसपलको खेल हरु शुक्रबार नै सकिएको हो, रामे दाई (ramronepal) को जस्तै। तर बादला लिने उचित अवसर खोजिरहेको छु। टेसैले स्पेन ले सबैलाई ढालेर मेरो पनि दिन बनाइ दिन्छ भन्ने पूर्ण विश्वाश छ, हर्के दाई र लहरेलाई जस्ताइ। आज रिठ्ठे भाईको दिन छैन। म पनि एउटा सिङै लाम्काने खसी को बाजी राख्न तयार, लु जा। 

अनी अब स्वार्थ को कुरा। 

त्यो केजाती चसे (Chase) भन्ने ब्यान्का ले यसो समाज सेवा गर्ने हरुलाई अलेली हरिया डलर बाड्दै छ रे, थोपडा किताब (facebook) मार्फत चुनाव गरेर।  अधिकतमा भोट पाउने २०० संस्थाले डलर पाउछन रे। हुनत सबै गाम्लेलाई अबगत भाई सकेकै होला। मेरो एकजना भाईले लु न दाई भोट मग्दिनु पर्‍यो भनी राछ। उनिहरुको परोपकरी संस्था चाँही "नेपाल का लागि युवा" भन्ने हो रे यानी Youth for Nepal. लु तपाईं हरुले पनि थोपडा किताब मा गएर यो संस्थालाई एक एक भोट खसाली दिनु होला। 

अरु जानकारी यता छ।
http://www.youthfornepal.org/

लु अब मर्लान जस्तो भो, बिज्ञापन मात्रै धेरै गरेको ले। अब भाग्नु परो। लौ त सबैको जय होस्। 

जादा जादै पुन: कसैले खसी बाजी राख्ने हो भने म स्पेन भन्ने हरुको तर्फ बाट तयार छु है। 

एक्छिन्मा फेरी भेतुम्ला। 
जदै।


Read Full Discussion Thread for this article