Posted by: Geology Tiger June 30, 2010
चौतारी १९३
Login in to Rate this Post:     0       ?        

 


ल बिस्टे काजी र चिप्ले गुरुलाई पनि नमस्कार टक्राए, अनी चेलीलाई पनि!


ठुल्दाइले भोट हाल्ने कुरा सम्झाइदिनु भएकोमा धन्यवाद, अब हाल्नु पर्ला, बिचरा मेरो ईमेल बाकस भोट माग्नेहरुको ईमेलले भरिपूर्ण छन्, धन्न ठुल्दाइलाई जस्तो फोन गरेर अत्याउन चाँही भ्याएका छैनन् मलाई!


राम सरकार! २ मा चाँही भेट हुन पनि सक्छ नहुन पनि सक्छ, तर ३ मा चाँही यहाँसँग मैले यही साझा चौतारीमा बसेर चौतारीका सम्पूर्ण औतारिहरुलाई साक्षी राखेर appointment भन्ने चिज मागे। यो appointment भन्ने चिज दिन आनाकानी गरेमा अथवा अहिले दिन्छु भनेर पछी अन्त कतै टाप दिएमा, दोषी पक्षलाई कुरीकुरी माकुरी हुने र साझा चौतारीका औतारीहरुले तोके बमोजिम हदै सम्मको सजाँय हुने कुरा पनि सहर्ष जानकारी गराउन चाहन्छु, सरकारको जो निगाह!


नोट:  तरुनी र थरुनीको प्रसँग पनि त्यसै भेट्मा धित मरुन्जेल गर्नपाइने (याद रहोस् गफ मात्र गर्न पाइने, दाँया बाँया केही गर्न नपाईने)पनि जानकारी गराउन चाहन्छु। यदी गीत गाउँने रहर भए अहिले देखि नै राती खाने झोल बन्द गरेर बिहान बिहान नुन पानीको झोलले गला तिखार्न हुन पनि विनम्र अनुरोध गर्दछु।


मरुभूमीतिर पनि टिप्प टाप्प केही थिएन, बरु यतै आएपछी दर्केर पर्‍यो। झम झम पानी पर्‍यो अषाढको रात! 
         


 

Read Full Discussion Thread for this article