Posted by: shirish June 25, 2010
रमाउँन्न बसन्तमा......
Login in to Rate this Post:     0       ?        

रमाउँन्न बसन्तमा, तिंमी आफै नफुल्ने भए
के हेरेर शीत बनुं ? घाम सित नझुल्ने भए !



रात भरि ननिदाई बसि दिन्छु
तिमि सपनीमा नआउने भए !
मुटु बनि धड्किन्न पनि कंहि
छाति भित्र राख्न नसकिने भए !



गीत हुनु छैन मलाई न त बोल नै
तिम्रो सङगीतमा भरिन नसक्ने भए,
नसताउ अझ मलाई, बरु चिन्दिन भन
मेरो नाम लिई बोलाउन नसक्ने भए !

Read Full Discussion Thread for this article