Posted by: Jhilka June 23, 2010
गरीब देशमा कम्युनिष्ट पार्टी एमाले का धनी प्रधानमन्त्री ।।
Login in to Rate this Post:     0       ?        
कुनै दल संग सम्बन्धित र कुनै पूर्वाग्रहले प्रेरित भएर हैन तर एउटा साधारण नेपालीको हैसियतमा जुनसुकै कोणबाट हेरे पनि माधव नेपाल र उनको सरकार पंगु, भ्रष्ट, कार्यकुशलताहीन, असक्षम र असफल देखिन्छ| छोरीको लागि विदेशीसंग सीट माग्ने,आफ्नै भाइलाइ महाबाणिज्य दुतमा नियुक्ति दिने आदि तहामीले थाहा पाएका नीच घटनाहरु हुन्, अरु पनि होलान|  त्यसको मतलब देउबा, राम चन्द्र पौडेल, आदि चोखो  छन् भन्ने कदापि हैन|  गिरिजा  आफुलाई राष्ट्रपति नबनाएकोमा प्रचण्डप्रति रिस पोखेर रामबरण र परमानन्दलाइ माकुने संग मिलेर राष्ट्रपति र उप बनाए| परमानन्दको शपथको वाहियाती कामले  सबैको समय बर्बाद पारे,सरकारको ढुकुटीबाट निष्क्रिय हुँदा पनि तलब भत्ता खाए| छोरीलाई सरकारमा नेपाली कांग्रेसको नेतृत्व गराउने सहमतिमा 

माकुनेले गिरिजाबाट प्र. म. को चिट्ठा पाएको सबैलाई बिदितै छ| प्रचण्डले के घुर्की लाएर कुर्सी छाडे, राजालाई मोहोर राखेर प्र म बन्ने सपना देखेका व्यक्ति आए|   

 

-उप प्रधान मन्त्रिहरु र मन्त्रिहरुमा एक रति भर पनि नियन्त्रण नभएको प्र म बने माकुने| 

-मन्त्रिले सीडीओ माथि हातपात गर्दा कुनै एक्सन लिएनन| 

-जो मन्त्रि पनि अनर्थमा विदेश भ्रमण जान मात्रै खोज्दा रोक्न सकेनन| 

-सुजाता उप प्र.म. नदिंदा ठुस्केर प्र. म. संग भारत् भ्रमण नजाँदा पनि एक्सन नलिएर निरीह बने| आफ्नो पद खुस्केला भनेर बरु तुरन्त उप प्र म दिए सुजातालाई| हरुवाले हरुवालाई बढुवा गरे|

-कोपेंनहेगनमा नचाहिँदो टोली लगेर सरकारी ढुकुटीको दुरुपयोग गरे|

-धमलाकाण्डलाइ कसरी धुएर पवित्र बनाए सो जनताले देखेकै हो| 

-सुपारी खोज्न गएकी निरस्त्र दलित दिदिबैनीलाइ सेनाले मार्दा प्र म मौन रहे, अझ बिद्या भण्डारीको झुठो बयान साँचो माने|          

-गणतन्त्रको मान पदवी बबाल गरे| प्र म भएर उनलाई थाहा भएन 'रे| 

-मानव अधिकार अवज्ञा गर्ने सेनाका अधिकृतहरुलाई बहाली र बढुवा गरे|

 

लिस्ट लामो छ| देशलाई खालि शर्म मात्र थुपार्ने माधव नेपालको अलिकति पनि नैतिकता बचेको भए तुरन्त राजिनामा दिनपर्छ| त्यतिले मात्र पुग्दैन,  भविष्यमा पनि कुनै सरकारी पदको लागि अयोग्य घोषीत गरिनु पर्छ|

 

विश्वमा न कुनै यस्तो मुलुक छ वा कुनै व्यक्ति, जो लोकतान्त्रिक चुनावमा दुइ ठाउँ बाट हारेका छन् र जनादेश नपाइ मुलुकको प्रधान मन्त्रि भएका छन्| अझ थप के भने प्रधान मन्त्रि भएर पनि त्यस्ता व्यक्ति मुलुकलाई बिकाश गर्नु सट्टा 

संहारको पथमा लगाएका छन्| 

यी कुराहरु बुझ्न र भन्न फलाना जात, ढिस्का पार्टी, मित्र वा शत्रु, आरिसे वा गरिखान नदिने  र नातेदार हुन पर्छ भन्ने छैन|साधारण नेपाली भए पुग्छ र त्यही सोचेर यति पोखेको हुँ|    

  

 

      
Read Full Discussion Thread for this article