Posted by: no_quiero June 23, 2010
माओबादी जन्मने कारण
Login in to Rate this Post:     0       ?        

दलित युवतीला


यौन दुराचार गर्ने माओवादी नेता जनताको फन्दामा



८ असार, वीरगंज । दलित युवतीलाई यौन दुराचार गर्ने एकीकृत नेकपा माओवादी भोजपुरा राज्य समितिका सदस्य नारायण श्रेष्ठलाई स्थानिय बासिन्दाले रंगेहात नियन्त्रणमा लिएका छन् ।


घरमा आफ्नो श्रीमति हुँदा हुँदै घर नजिकै रहेको छिमेकी दलित युवतीलाई विगत एक वर्षदेखि यौन दुराचार गर्ने श्रेष्ठलाई रंगेहात नियन्त्रणमा लिएका हुन् ।

पर्सा जिल्ला निर्मलबस्ती गाबिस निवासी श्रेष्ठलाई दलित युवतीमाथि यौनदुराचार गरेको अभियोगमा स्थानीयबासिन्दाले नियन्त्रणमा लिएर गाउँमा भेला गरेका थिए ।

गाउँ भेलाले पिडित युवतीलाई श्रेष्ठको दोस्रो श्रीमतिको रुपमा घरमा भित्र्याई दिएका छन् । भेलामा श्रेष्ठले आफूले गरेको गल्ती स्विकार गर्दै दलित युवतीलाई दोस्रो श्रीमतिका रुपमा राख्ने बताएपछि गाउँलेले उनको घरमा भित्र्याई दिएका थिए 


http://www.onlinekhabar.com/wp/2010/06/22/73516.html
Read Full Discussion Thread for this article