Posted by: timi_mero_sathi June 21, 2010
माओबादी जन्मने कारण
Login in to Rate this Post:     0       ?        
कहिँ हामी आफै त जिमेबार छैनौ माओबादी जन्मौना को लागि ? ल पढ्नुस तलको लेख

दलितको पसल हटाउन टहरा भत्काईयो'


प्रेम नेपाली





पोखरा, अषाढ ७ -
दलितको पसल हटाउने केही गाउँलेको उद्देयलाई साथ दिदै प्रहरीले लेखनाथ
नगरपालिकाको मालेपाटनस्थित बुडुवामा बाटो छेउको टहरा भत्काएको
अधिकारकर्मीले  बताएका छन ।


गाउँका केही ब्यक्तिहरुको दवावमा लेखनाथ नगरपालिकाको राजनीतिक संयन्त्रले
गरेको टहरा भत्काउने निर्णयलाई जिल्ला प्रशासन र प्रहरीले कार्यान्वयन
गरेको थियो ।


गुजाराका लागि राखिएको पसल प्रहरी र गाउँलेले भत्काएपछि गर्भवती, अपाङ्ग,
बालिकासहितको १४ जनाको दलित परिवार तीन दिनदेखि बिचल्लीमा परेको छ । आगामी
१० गते सुत्केरीका लागि मिति दिईएको गर्भवतीसहितका परिवार ईन्सेक पोखराको
सहयोगमा बस्दै आएका छन । पीडितहरुले असुरक्षाका कारण गाउँ र्फकन नसकेको
बताएका छन । उनीहरुले ऋणधन गरेर चलाएको पसलका सामाग्री गाउँको झुपडिमा
लथालिङ्ग परेका छन ।


गाउँमा जातिय भेदभावका बिरुद्व आवाज उठाएको र मेलापर्व नगई पसल चलाएर
बसेका कारण आफु बिस्थापित हुनु परेको पीडित कमला गहतराजले बताईन । 'दलित
भएर अधिकारका कुरा गर्दै हिडेर ठुलाबडा मान्छेलाई नटेर्ने भन्दै पहिलादेखि
नै आँखी बनाउँदै आएका थिए' उनले भनिन 'तर अहिले बाटोको मापदण्ड मिचेर बसेको
र बाटो खोल्नु पर्‍यो भन्दै प्रहरी लगाएर उठिवास गराए ।'


 उनले अन्त मापदण्ड लागू नगर्नु र बाटो खोल्न अन्य बिकल्प भएपनि आफ्नो
टहरालाई मात्र बाधक देख्नु गाउँबाट बिस्थापित गराउने षड्यन्त्र भएको
बताउँदै भनिन 'बस चड्दा र ओर्लदा बाटोमा कामी र कमिनि देखा परे साईत
बिग्रन्छ, हटाउनुपर्छ पनि भन्दै आएका थिए ।' 


 कास्कीका प्रमुख जिल्ला अधिकारी शंभु कोईरालाले बाटोको मापदण्ड बिपरित
बनाएकोले भत्काईएको बताउँदै यस बिषयमा बडि बोल्न नचाहेको बताए । 'कानुन
जातजाति, ठुलासाना, लिङ्ग, वर्ग सबैलाई समान हुन्छ' टहरा भत्काईएको
सम्बन्धमा प्रशासनको धारण बुझ्न पुगेका अधिकारकर्मीको टोलीलाई उनले भने
'सार्वजनिक मिचेर बस्नेलाई हटाउँदा के भयो कस्तो अबस्थामा छन भन्ने बारे 
प्रशासनले चासो राख्दैन ।' 


प्रशासन र नगरपालिकाले मापदण्ड मिचेर बनाएकोले टहरा भत्काएको जनाएपनि करिव
शिशुवादेखि शिशाघाटसम्मका शयौं पक्की घर र संरचनालाई केही गरेको छैन ।


घटनाको अनुगमनमा खटिएकाहरुले केही टाठाबाठा ब्यक्तिहरुले दलित परिवारलाई
उठिवास गराउने उदेश्यले टहरा भत्काएको बताएका छन ।


'बाटोभित्र मापदण्ड बिपरित शयौं पक्की संरचना पर्दछन तर शुरुवात र
अन्त्यतिर केही नगरी बिचको एउटा कच्चि टहरालाई सुनियोजित र षड्यन्त्रपूर्वक
भत्काईएको छ' मुक्ति समाज कास्कीका अध्यक्ष लालबहादुर परियारले भने
'सार्वजनिक जग्गामा टहरा बनाउनु गलत हो, तर एउटा दलित परिवारलाई मात्र
अन्यायपूर्वक हटाईन्छ भने त्यसको हामी बिरोध गछौं ।'


उनले लेखनाथको बेगनासतालको बँाध नै ब्यक्तिको नाममा दर्ता गरी मापदण्ड र
नियम बिपरित दर्जनौं पक्की घर बनाउँदा नगरपालिका र स्थानीय प्रशासनले केही
गर्न नसकेको बताउँदै भने 'एउटा मात्र टहरा भत्काएर ठुलालाई चैन र सानालाई
एैन भन्ने उक्तिलाई राज्य र समाजले चरिथार्त गरेको छ ।'


टहरा भत्काउने काममा अगुवा भूमिका देखाएका केही गाउँलेले सार्वजनिक बाटो
खोल्न वडाको सर्वदलिय भेलाले टहरा भत्काउने निर्णय गरेको बताएका छन ।
'गाउँको सर्बदलिय भेलाले सबैको हितका लागि मापदण्ड विपरित बनेको टहरा बाटो
खोल्न भत्काउने निर्णय गरेका हौं' स्थानीय साधुराम सिग्देलले भने । भेलालाई
सर्वदलिय भने पनि उपस्थितिमा कुनै पार्टी र संघसंस्थाको प्रतिनिधित्व
देखिदैन । नजिकैको जग्गा प्लटिङ्ग गरेर बिक्री गर्न बाटो मुल बाटोसँग
जोड्दा फाईदा हुने देखेर पनि टहरा भत्काउनुको अर्को कारण भएको गाउँलेले
बताए । 


टहरा भत्काएपछि अनुगमन गर्न पुगेका टोलीसँग गाउँलेहरुले समाजको कुरा
नमानेर अधिकारका कुरा गर्दै हिडेर मान्छे नगनेकोले गाउँमा राख्न नहुने
बताएका थिए ।


लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत हरिप्रसाद किरण ओझाले गाउँबाट टहरा
भत्काउन पटक पटक दवाव आएकोले प्रसासनको सहयोग मागेर भत्काईएको बताए ।

source: http://www.ekantipur.com/np/2067/3/7/full-news/313483/

Last edited: 21-Jun-10 08:37 PM
Read Full Discussion Thread for this article