Posted by: chipledhunga June 21, 2010
~ चौतारी १९२ ~
Login in to Rate this Post:     0       ?        

छ भने माया छपक्कै लाइदेउ
छैन भने माया मोहनी फुकाइदेउ


सोमबारे सप्तगोलमय जदौ सबै औतारिहरुलाई। उत्तर कोरिया अमेरिका वा दक्षिण कोरियासँग फाईनलमा भिडेको हेर्ने इच्छा पनि तुहाइदिए पोर्चुगिजहरुले।


सबैभन्दा पहिला त चौतारीका सबैभन्दा जेष्ठ औतारी बिर्खे बुढालाई जदौ। महिनौं ओछ्यानबास भएका थिए बल्ल बल्ल कसले बोकेर ल्याइदिएछ।
ब्रिख्या सम्धी बिष्टे चाँही हाम्रो पुरानो गाउँ हुँदै आफ्नै पुरानो गाउँ गएको जस्तो छ। अनि चुकौने र हाँसको छोएला कत्तिको खाइयो त बिष्टे?
अनि पुण्टे बुढा पनि आज यतै आएछन्। ट्याउसी बिग्र्या हो कि के हो?
ठुल्दाइ, फूटबल हेर्न मिल्यो त घरबाट?
रिट्ठे सर, गाथमा आरामै?
हाकुमै, छु ख?
स्पोके, खुशी, बाउचा, चेली अनि नाम छुटेका अरुलाई तारेमाम।     

Read Full Discussion Thread for this article