Posted by: cheli June 18, 2010
रुँदै थिईन देश.. :(
Login in to Rate this Post:     1       ?         Liked by
सबैजनालाई धन्यवाद
@ रिट्ठे ब्रो :
@ ठुल्दाइ : साचै हामीले देशका कुरा गरेर खुशी हुने दिन कैले आउला है, यस्ता कुरा सम्झिदा त मलाई आँफै अपराधी भए  जस्तो लाग्छ ...  देशका लागि केही गर्न सकिन भनेर त्यसै दिक्क लाग्छ ..

@ सिम्पल_केटाज्यु  : हन तस्वीरहरु सहितको प्रतिकृया पो थियो त कता गएछ ? जे होस् , मैले पुरुषलाई हेयका दृष्‍टिले हेरेर देशलाई नारीको उपमा दिएको भने पक्कै होइन । मैले आज सम्म जता जता जे जे पढेकी छु सबैमा देशलाई, धर्तिलाई आमाकै/नारीकै उपमा दिइएको पाएकी छु । त्यही प्रभावले होला "नेपाल-आमा" भन्दा जुन भाव मन भित्र छतछुल्ल  हुन्छ, "नेपाल-बाबा" भन्दा त्यो हुन्छ जस्तो मलाई चैं लाग्दैन ।।  

@ एनार्किस्टज्यु : त्यही भन्या खोइ हामी कहिले सुध्रिन्छौ ?

@किरेजी :

@ किड्डोज्यु : नेपाल आमा भौतिक रुपमा पक्कै नहोलिन, तर मेरो मनमा त छिन्, "धर्ती माता" भन्नु र नेपाल-आमा भन्नुमा म खासै भिन्नता पाउँदिन..  मैले यहाँ "म" भनेर आफुलाई मात्र भनेको होइन, मजस्ता कैयन साथी-भाइ, दाजु-दिदीहरुलाई मैले चिनेकी छु जो अहिले आफ्नी आमा र मातृभूमी दुबैबाट भौतिक रुपमा टाढा हुनुहुन्छ तर उहांहरु को मन भने त्यतै कतै डुलिरहेको छ, मातृभूमीमा भएको आफ्नु घरको आङनमा आफ्नै आमाको ओरिपरी ...  म जसरी संसारका सबै नारीहरुलाई सम्मान गर्छु त्यसरी नै सम्मान गर्छु विश्वलाई तपाईंका भाषामा "Mother Earth" लाई तर खोइ किन होला आफ्नी आमा को स्थान जसरी अरु नारीहरुलाई दिन सक्दिन, नेपाल-आमाको स्थान पनि
सारा विश्वलाई दिनसक्दिन ...
Read Full Discussion Thread for this article