आकाश कालो बादलले धुम्म भरिएको छ, क्षण क्षणमा केही बुँद छिटाए पनि रुज्ने गरी पानी परेको भने छैन। म आफ्नो कोठाभित्र काखमा एउटा पुरानो कम्प्युटर राखेर बसेको छु।
केही बेर आँखा कम्प्युटरको पर्दामा गाँड्छु, यसो चौतारीतिर पनि चियाउँछु, हुस्सु बढेकोले चौतारीमा आएका औतारिहरु मुश्किलले देखिन्छ, कहिले काँही झलक्क ठुल्दाइ, चिप्ले गुरु, रिठ्ठे र रामेलाई देख्छु, कोही समोसा खाँदै थिए, कोही गीत गाउँदै, तर तारेमाम भन्न नभ्याउँदै फेरी सबै कहाँ हराए कहाँ? केही बेर पछि मेरा आँखा टट्टाउन थाल्छन्, म कम्प्युटरको पर्दाबाट आँखा हटाएर कोठा बाहिर निस्कन्छु।
आकाश उस्तै कालो छ, केही चराहरु हतार हतार आफ्नो गुँडतिर जान लागेको जस्तो देखिन्छ। शायद आज ठुलो पानी पर्ला। मलाई कतै नजानु पर्ने दिनमा घरमै बस्दा ठुलो पानी पर्यो भने खुब रमाइलो लाग्छ। आज काममा जानु पर्ने त थियो तर आज पानी मात्र पर्न लागेको होइन आफूलाई एकदम अल्छि पनि लागिरहेको छ। त्यो कम्प्युटर पनि कति चलाऊनु आँखै ट्टाउने गरी? वर्ल्डकप हेर्न अझै केही समय कुर्नु पर्ने छ।
ह्या मज्जाले सुत्छु आज...