फूलै फूल मात्र पनि होइन रहिछ जीवन
काँडा बीच फुल्ने फूल रहिछ जीवन
डच र जापानी बिजयीमय जदौ। सँधै जितिरहनेहरुको मात्रै कति पक्ष लिनु भनेर हिंजो तल मुन्तिरेहरुको पक्ष लिएको, जरामुन्तिरेहरुले चार खान्दिहाले। बरु फाइनलमा चाँही उत्तर कोरियासँग अमेरिका वा दक्षिण कोरिया भिडेको हेर्न पाए हुन्थ्यो तर के दिन्थे जर्मनी, इटली, ब्राजिल आदिले।
समोसा त जम्मा दुइवटा रहेछ त्यो पनि रिट्ठेले भने झैं खान अलि सुहाउने दिन परेन। सुशी ल्याउन ठुल्दाइलाई अप्ठेरो लागे तेरियाकी, तेप्पनयाकी आदी ल्याए भैहाल्छ नि। बरु त्यो निल्नलाई चाँही हाइनेकन, आशाही, अनि साकी ल्याए होला। टुबोर्ग र कार्ल्स्बर्ग खाने योग रहेनछ आज। दिउँसो इटलीले जिते पिज्जा, पास्टा र त्यतैको वाइन पनि खाम्ला। पारागुवेले जिते त खोइ के खानु, बरु कसैले गुगलेर हेरे हुन्छ नि के खान्छन् त्यता भनी। (खाने पिउने गफ त्यस्तै हो तर म चाँही यो पोस्टिङ् पछि स्यान्डविच टोक्न थाल्छु)
हस्तिनापुरमा फोन उठेन रे? हाम्रातिर त पूर्वबाट कसैको फोन आएको थिएन। तर बिर्खे बुढोले रामेको समेटा फोन नउठाएको त? अस्ति हामीलाई सिकाएको टिडिकले पनि काम गरेन?