Posted by: kukur June 14, 2010
घानाका खेलाडीले यौनसम्पर्क राख्न नपाउने
Login in to Rate this Post:     0       ?        
जोहानसबर्ग, – घानाका राष्ट्रिय फुटबल टोलीका सदस्यलाई विश्वकप सम्पन्न नहुँदासम्म यौन सम्पर्क राख्नबाट मनाही गरिएको छ।
'घाना फुटबल संघ (जिएफए) ले सबै खेलाडीमाथि विश्वकप अवधिभर यौनसम्पर्क राख्नबाट कडाइका साथ प्रतिबन्ध लगाएको छ,' जिएफए प्रवक्ता रेन्डी अब्बेले लन्डनबाट रेडियो अन्तर्वार्तामा भने।


खेलाडीलाई आफ्ना कोठामा महिला आगन्तुकलाई बोलाउने स्वीकृति नदिइएको जिएफएले बतायो।



'उनीहरूले महिला आगन्तुकलाई निम्त्याउन पाउने छैनन्। यसको प्रश्नै उठ्दैन,' अब्बेले भने। उनका अनुसार खेलका दिनमा भने खुला र सार्वजनिकस्थलमा उनीहरूले आ–आफ्ना श्रीमती र प्रेमिका वा नातेदारसँग भेट्न पाउने पनि उनले बताए।



म्याचको राती भने साथीभाई र नातेदारहरू भेट्न पाउने छन्। 'त्यो पनि सार्वजनिक स्थलमा मात्र। खेलाडीहरू सुत्ने बेला नहुँदासम्म,' उनले भने।
उनले त्यही कुरा भनेका छन्, जुन २००६ मा जर्मनीको टोलीमाथि लागू गरिएको थियो।

Read Full Discussion Thread for this article