Posted by: Rahuldai June 9, 2010
नयाँ नेपालको यात्रा (जात्रा )।
Login in to Rate this Post:     0       ?        

नयाँ नेपालको यात्रा


भाग १३


शनिबार, मे एक तारिक। मे दिवस अर्थात विश्व मजदूर दिवस । माओवादीले ५ लाख मजदूर उतार्ने उदघोष । शहर आक्रान्त थियो, कुनै अशुभ दुर्घट्नाको पूर्वनुमानमा। २-३ देखी अघी देखि नै बिहान सांझ अपरिचित नौला ब्यक्तिहरुको परेड देखिन थालएको थियो । लहरै हात समाइ आउने गरेका त्यो साङ्लोमा रातो लुगा लगाएका कमाण्डर बीच बीचमा देखिन्थ्यो । तिनीहरुको लागि शहरबासी नौला र शहरीया को लागि तिनीहरु अपरिचित ।


शहरका सबै जस्ता पार्टी पालेसहरु कब्जा गरी खाने र सुत्ने प्रबन्ध गरेका थिए। शुल्क ब्रिद्धी सम्बन्धी सहमति कार्यन्वयन नगरेको बहानामा आवासिय बिद्यालयहरुमा ताला लगाइ त्यही ताला भित्र मजदूरहरुको धर्मशाला बनाइएका थिए। नयाँ बनेका र बन्दै गरेका सप्पै जसो अपार्ट्मन्ट कम्लेक्स हरुमा पनि तिनैले होटल लज बनाएका थिए । १ लाख भन्दा बढी मैला लुगा लगाउने शोषित, पीडित, दलित र जनजातिहरु सुकिला मुकिला लगाउने सामन्ती, शोषक, पुंजिपतिको र नोकरशाहिका दलाल, अनी गुण्डाहरु बिरुद्ध मोर्चा कस्न बिहानै देखी लाठी लिएर नारा लगाउदै शान्तिपूर्ण मजदूर भेलामा निस्कदै थिए।



बिहानै घरमा भने दिवंगत माताको शान्तिको कामना गर्दै श्राद्धको धार्मिक बिधिमा ब्यस्त थियौं हामी। साथी भाईहरु र सुवा: ( कूक )हरु भोजको तयारीमा ब्यस्त थिए । तरै पनि सबैमा चिन्ता थियो, त्यो जन प्रदर्शन गन प्रदर्शन हुने हो कि ? लाठी बोकेर शान्तिपूर्ण जुलुस हुन्छ भन्ने विश्वाश कसैमा थिएन । हामी पूजा संगै शान्तिको कामना गर्दै थियौं ।


 
धार्मिक कर्म ३ बजे तिर सकियो। बत्ती आएको उपलक्षमा टिभी हेर्न बस्यौं । सबै नेपाली च्यानलहरुले मजदूर दिवस को आम सभा ( जन सभा भन्नु पर्छ क्या रे) को प्रत्यक्ष प्रसारण गर्दै थियो । मजदूर को बिषयमा कोइ नेताको गर्जन सुनिएन।  प्र.म.को राजिनामा वा सत्ता कब्जा     बाहेक केही सुनिएन । राजिनामा ( यो पनि जबर्जस्तिनामा नै भयो) दिएन भने सिंह दरबार कब्जा गरी जन संबिधान बनाउने उदघोष गर्दै थिए । आज ट्रेलर हो, भोली देखी यो कठपुतलि सरकारले जनताको ताकत देख्ने छ भन्दै मेघ गर्जिंदैथिए । वातरवरण उत्तेजनाले ब्याप्त ।


शहर बजार बन्द नै थियो । अपरिचितहरुको भीडमा कुल्चिने डर सबैमा हुंदो हो ।



उता  जन सभा सकियो, यता भोजको टाइम सुरु भयो । बिस्तारै निम्तालुहरु आउन थाले । भोजको कार्यक्रम सुरु भयो । समयभाव र जबर्जस्तीनामा प्रकरण मै आफ्नो समय बितेकोले त्यो भोज आफन्तजन सँग भेट गर्ने र भलाकुसारी गर्ने एउटै अबसर थियो । टाढा टाढाबाट आउनु पर्ने निम्तालुहरु आएनन । बाइक र गाडी चलाउने हिम्मत गर्न सकेनन । सडक भरी शोषित पीडितहरुको कमिला हिडाइमा कतै पाङ्राले कसैको पाउ चुम्बन गर्‍यो भने अर्को काण्ड हुन्थ्यो। शान्तिपूर्ण जनसभा भयो, त्यही नै खुशीको कुरा थियो। आउन नसक्नेले फोन गरेर आफ्नो बाध्यता सुनाए । बाध्यता उहाँहरुको मात्र थिएन, देशकै थियो । अत्यन्त ज्वलनशिल पदार्थ बोकी ल्याएको ट्यान्करको ढक्कन खुला जस्तो शहर थियो । सलाइको काँटी सरी कथित मजदूरहरु थिए। आगो सल्किन के बेर ।



एउटा पुण्यको काम साथीभाइ र आफन्तको सहयोगमा सम्पन्न भयो । सबैलाई धन्यवाद दिइ घर फर्कें । अमेरिका फर्किने टिकट मंगलबारको थियो। भोली आईतवार देखी अनिस्चितकालिन आम हडताल । शपिङ र इटिङ गर्न नपाएको मा चिन्ता थिएन अब फर्किने पो कसरी भन्ने चिन्ताले सताउन थाल्यो । दिनभरी भोजको कार्यक्रमको ब्यस्तताले शरीर थाके पनि चिन्ताले सुत्न दिएन । भोली देखिको आम हडताल को रुप रङ कस्तो हुने हो ?


क्रमश :    

Read Full Discussion Thread for this article