Posted by: NOA June 6, 2010
FIRST TIME IN NEPAL.
Login in to Rate this Post:     0       ?        

CONRATULATION! TO THE WINNERS.

टरबाइक रेस हेर्न नेपाली दर्शक टेलिभिजनको स्त्रिmनमै सीमित हुने दिन टुंगिएको छ । अब आफ्नै देशमा बाइक हुइँक्याएको हेर्न पाइने मात्र होइन, त्यसमा सहभागीसमेत हुन सकिनेछ । यसको सुरुआत गतवर्षदेखि 'यामाहा राइडटेक च्यालेञ्ज' ले एउटा हाउजिङबाट गरे पनि यो वर्ष भव्यताका साथ गत शनिबार सम्पन्न गरेको छ । नेपालमा रेस कोर्स अर्थात् मोटरसाइकल रेसको आधुनिक ट्रयाक छैन । त्यसैले पिच सडकमै मोटरबाइक हुइँक्याउनु नौलो कुरा भएन ।



यामाहा राइडटेकमा पनि नेपाली बाइक राइडरले पिचमै मोटरबाइक हुइँक्याए । मुलुककै पहिलो मोटरबाइक रेस भएकाले पनि घरेलु राइडरको जोस हेर्नलायक थियो ।

सिंहरदरबारनजिक पुलनिर टायरको बाउन्ड्री बनाएर चार सय मिटरको दूरीमा बाइक रेस गराइएको थियो । विकसित देशमा हुने मोटरबाइक रेस 'मोटाजीपी' टेलिभिजनमा हेर्ने बानी परेका नेपाली राइडरका लागि घरेलु प्रतिस्पर्धाले नयाँ अनुभव दिएको छ । उनीहरूलाई उत्साह प्रदान गर्न तीन हजारभन्दा बढी दर्शक, विशेषगरी युवाहरू टन्टलापुर घाममा पुलमाथि र मुनि उपस्थित थिए ।

कृत्रिम ट्रयाक मेहनतसाथ सफा गरिएको भएपनि नेपाली राइडरहरू पूर्ण सुरक्षित स्थितिमा भने थिएनन् । उनीहरूसँग आधुुनिक सेफ्टी ड्रेस-सेट पनि थिएन । यामाहाको सामान्य रेस ज्याकेट, नी गार्ड तथा एल्बो गार्डकै भरमा नेपाली राइडरले बाइकको स्पिड र स्किल प्रस्तुत गरेका थिए । प्रतियोगीहरू यामाहाद्वारा उत्पादित आर वान फाइभ तथा एफजेड स्पर्धामा सहभागी थिए भने मोटरबाइक रेस 'टिम नेमेसिस' ले आयोजना गरेको थियो ।

आर वान फाइभमा १७ वषर्ीय आशुतोष पाण्डेले सफलता चुमे । नियमित बाइक चलाउन थालेको आठ महिना मात्र भएको बताउने बसुन्धरा धापासीका पाण्डेले आठ ल्याप्सको फाइनल चरण ३ मिनेट ९ दशमलव ४८ सेकेन्डमा पूरा गरेका थिए । रेस जित्न उनलाई खासै गाह्रो भएन । प्रत्येक चरणमा सुरुमै अग्रता लिएपछि पछाडि र्फकनु नपरेको स्थिति उनले फाइनलमा पनि दोर्‍याए । फस्ट ल्यापमा लिएको अग्रता अन्तिमसम्म जोगाउने क्रममा उनले दोस्रो भएका सन्दर्भ थापाभन्दा १ दशमलव ५३ सेकेन्ड अघि रेस पूरा गरेका थिए । उक्त स्पर्धामा समर मानन्धरले तेस्रो स्थान हासिल गरे ।

एफजेड स्पर्धामा भने अनुभवी सुजित ताम्राकारले बाजी मारे । काठमाडौं, बुद्धनगरका ३० वषर्ीय ताम्राकारले प्रत्येक चरणमा प्रतिद्वन्द्वीको कडा चुनौती समाना गर्नुपरेको थियो । फस्ट ल्यापमा पछि परेका ताम्राकारले फाइनलमा सेकेन्ड ल्याप्सबाट लिएको अग्रतालाई अन्तिमसम्म निरन्तरता दिएका थिए । आठ ल्याप्सको रेस उनले ३ मिनेट ४८ दशमलव ६१ सेकेन्डमा पार गरे । उनीसँग शून्य दशमलव २३ सेकेन्ड पछि परेपछि आयुष गुरुङ उपविजेतामै रोकिए । उक्त स्पर्धामा निहाल जोशीले तेस्रो स्थान हात पारे ।

दुवै उपविजेताले २०-२० हजार रुपैयाँ नगद पुरस्कार हात पारे । तेस्रो भएका निहाल र समरको पोल्टामा १०-१० हजार पर्‍यो । विजेताका लागि नगद पुरस्कार थिएन । यद्यपि त्योभन्दा ठूलो उनीहरूका लागि चेन्नाई रेसिङ च्याम्पियनसिपमा सहभागी हुने अवसर थियो । चेन्नाई ट्रयाक दक्षिण एसियाकै एकमात्र मोटरबाइक रेस कोर्स हो ।

विभिन्न क्षेत्रबाट छनोट भएका बाइक राइडरसँग आशुतोष र सुजितले चेन्नाईमा प्रतिस्पर्धा गर्नुपर्नेछ । एक महिनापछि हुने उक्त रेसका सम्बन्धमा उनीहरू निक्कै उत्साहित पनि छन् । रेस कोर्सको अनुभव नभएपनि राम्रो नतिजा निकाल्ने प्रयासमा कुनै कसर बाँकी नराख्ने आशुतोष तथा सुजितले बताए । उनीहरूको चेन्नाई यात्राको व्यवस्थापन यामाहाले गर्नेछ ।

आर वान फाइभमा २६ र एफजेडमा ४८ गरी कुल ७४ बाइक राइडरले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीहरूलाई नौ समूहमा बाँडेर प्रतिस्पर्धा गराइएको थियो । प्रत्येक समूहमा शीर्ष तीनमा रहने राइडर अघिल्लो चरणमा प्रवेश गरेका थिए । तीन चरण पार गरेका ६-६ जना बाइक राइडरले दुई स्पर्धाका फाइनल चरणमा अवसर पाएका थिए ।

ट्रयाकमा स्पिडभन्दा स्किललाई बढी जोड दिइएको थियो । 'जोस्सिएर बाइक हाँक्ने हुँदा दुर्घटना हुनसक्ने डर लागेको थियो', टिम नेमेसिसका म्यानेजर डुम्छा राईले भने, 'त्यो टर्‍यो । अपेक्षाभन्दा धेरै दर्शक उपस्थित भए । त्यसैले ऐतिहासिक बाइक रेस पूर्ण सफल रह्यो ।'

डिजेको म्युजिक मिक्सिङ, बी-बोइङमा टिन एजर्सको कला तथा चेयर लिडरको सेक्सी डान्सले पनि यामाहा राइडटेक च्यालेञ्जको रौनक थपेको थियो । ट्रयाकमा टिम नेमेसिसका आधा दर्जन सदस्यसँगै व्यावसायिक भारतीय मोटरबाइक राइडर फवद खानको स्टन्ट कलाले पनि धेरैलाई लोभ्याएको थियो । यामाहा राइडटेक च्यालेञ्जलाई अब निरन्तरता दिइने प्रायोजक मोरङ अटो वक्र्सले जनाएको छ ।

SOURCE: KANTIPUR SAPTAHIK.

Last edited: 06-Jun-10 04:15 AM
Read Full Discussion Thread for this article