Posted by: SimpLe_KeTa June 2, 2010
छाती चिरी ढेखाइ देउ
Login in to Rate this Post:     0       ?        
साथि...
गोलिले एक मर्छन, बोलिले हजार मर्छन
उँपिया बाठो उफ्रि हाल्छ लाटो भेँडा मात्रै मर्छन ।


दुखी  आमालाई राँडी  बनायो
बन्दुकको बोलि बोल्ने हरूले
जवान युवतिलाई रन्डी बनायो
मति भ्रष्ट जँगलि नेताहरुले ।

साथि...
भावनासँग खेल्नेहरु "गिदि धुलाई"मा माहिर छन्
ईतिहास साक्षी छ, साथि, पिलो अफ्ठेरोमैँ पलाउँछन् ।

यदि चिन्ता देशको सत्य कामना हो तिनको
तब बन्दुक बोकि चौकिदारी गरोस हाम्रो ।
तर, एउटा कुरा, साथि, जँगलको नरभक्षी बाघ ...
के हो त सिर्फ मनको बाघ ? के गर्छ त सत्य सुरक्षा हाम्रो ?

साथि...
बिस्वास दिलाओस तिन्ले मान्छेनै हौ भन्ने
बिस्वास दिलाओस तिन्ले घाउ भर्छ  नै भन्ने ।

(फेरि पछि...)

सुभ समय...

बाई



Read Full Discussion Thread for this article