Posted by: cheli May 27, 2010
फेसबुक
Login in to Rate this Post:     0       ?        
Part 3 : Last One 

हतार हतार घर पुगेर फेसबुक खोली उस्ले, अभय अन्लाईन त थिएन तर एउटा ईमेल थियो अभयको नामबाट, ईमेलमा लेखिएको थियो :

Hi अलिशा,

I hope you are doing good. मैले भनेकै हुँ, मैले तिमीलाई कसरी फेसबुकमा add
गरें भन्ने मलाई केही थाहा छैन, तर जुन दिन तिमीसँग कुरा गरें अनी तिम्रा
फोटाहरु हेरें, मेरो मन एकतमासको भएको छ । तिमी कती बेला अन्लाईन आउलिउ र
तिमीसँग अझ कुरा गरौंला यति मात्र खेल्छ अचेल मेरो दिमागमा । Please do
not get me wrong Alisha, I just want to talk to you, know you more and
be your friend. Will you please be my friend ?


Best of luck for your exams,
अभय  

ईमेल पढिसक्दा सम्ममा अलिशाको मुटु बेस्सरी ढुक्ढुक गर्न थालेको थियो । अभयले उस्लाई साथी बन्ने प्रस्ताव राखेको थियो । भलै उ अभयका लागि केही अनौठा कुराहरु महशुस गर्थी मनभित्रबाट, तर अहिले नै नचिनी, नजानी उनिहरुको सम्बन्धलाई कुनै बिशेष नाम दिन पनि चाहन्नथी । अनि उस्ले पनि अभयलाई ईमेल लेख्न थाली:


 Hello Abhaya,
I first want to apologize for being late in responding.   I had been thinking about you, byt because of my exams and submissions, could not be online to talk with you.Yes, I also want to be your friend. भोली देखि त मेरो सेमेस्टर-ब्रेक छ, अरु केही प्लान पनि छैन, I can be able to be online at your time। Either be online tomorrow at this time , or तिमीलाई मिल्ने टाइम मलाई ईमेल गर है । 

Thank you for your sweet email and hope to meet you online soon.

Take Care,
Alisha

"hope to meet you online soon." लेख्नु भन्दा उस्लाई  "Hope to meet you soon" लेख्न मन नलागेको होइन तर आफ्न मनमा उठेका छालहरुलाई नियन्त्रण गरेर संयमित हुन खोजी उ ।

आखिर कस्तो होला अभय, चुरोट खान्छ कि खाँदैन होला, बा-आमालाई कत्तिको सम्मान गर्दो हो, आस्तिक होला नि नास्तिक, पछि नेपालमै बस्न चाहन्छ होला कि बाहिर जान, उस्कालागी प्रेमले कस्तो महत्व राख्ला, यस्तै यस्तै कुराहरुको तर्कनामा रात बित्यो उस्को । मन-मष्तिस्कमा उठेका तमाम कुराहरुले निंदरीलाई आँखासम्म आइपुग्नै  दिएनन । 

भोलिपल्ट अन्लाईन हुने समयसम्म पर्खिन उस्लाई साह्रै गाह्रो भयो । "पर्खाइको पिडा.." गीत कमलमान सिंहले त्यसै गाएका होइन रहेछन भन्ने आज बल्ल बुझी उस्ले ।           


अभय अघिल्लो दिनकै समयमा अन्लाईन आयो ।

"Hey अभय, म तिमीलाई नै पर्खेर बसेको" कुरा फेरी उसैले सुरु गरी 

कसैसँग कुरा गर्न, बोल्न कुनै अप्ठ्यारो लाग्दैनथ्यो उस्लाई पहिले पहिले । तर त्यसदिन उस्लाई अप्ठ्यारो लागेको थियो सुरुमा । सुरुमै मात्र लागेकोथियो  अप्ठ्यारो, कुरा हुँदैगयो उ खुल्दै गई अनि उसँगै आफ्ना मनका कुरा खोल्दै गयो अभयलेपनि ।   

"मलाई साथीहरुले "लजालु" भन्छन, श्रुतिले त झन एक्दमै जिस्काइरहन्छे, केटीहरु सँग बोल्न लाज मान्ने भनेर, त्यो ईमेल तिमीलाई लेख्दा पनि कत्तिचोटि correct गरेको थिए, कत्तिचोटि पढेको थिए" यसो भन्दा अभय उस्लाई एक्दम cute लागेको थियो । अभय honest र innocent छ भन्ने उस्ले बुझिसकेकी थिइ ।    

त्यस्पछि हरेक दिन गफिन थाले उनीहरु । घर-परिवारका बारे, आफ्ना हब्बिहरुका बारे, भविश्यका बारे , फिल्महरुका बारे , हिरो-हिरोईनका बारे, देशका बारे, विदेशका बारे अनि लेखखरुका बारेपनि ।  अलिशा Wordsworth कि भक्त थिइ, अभय देवकोटाको पूजारी रहेछ । Wordsworth को "The Solitary Reaper" र देवकोटाको "गाउँछिन हँसिया गीत" का बारे मा चर्चा पनि गरे उनिहरुले । कतै कतै केही
केही कुराहरु फरक भये पनि उनिहरुका धेरै जसो आनिबानिहरु, सोचाइहरु र चाहनाहरु उस्तै उस्तै नै थिए ।     


आफ्नो जिन्दगीनै बदलिये जस्तो लग्थ्यो उस्लाई अचेल, झर्को लाग्दैनथ्यो, रिस उठ्दैनथ्यो ।  अभय अन्लाईन नहुन्जेल, अन्लाईन भएपछी एसो भन्छु उसो भन्छु भन्ने सोच्थी, अनि अन्लाईन भएर अभय सँग कुरा गर्न थालेपछी, अभय भन्दा बाहिर पनि दुनियाँ छ भन्ने नै बिर्सिन्थी । अभय भन्थ्यो पहिले
कसैसँग उस्ले तेत्ति खुलेर कुरा गर्न सकेको थिएन, उ भन्थी पहिले कसैको लागि उस्ले यती मिठा मिठा भावनाहरु अनुभुत गरेकी थिइन । यसरी नै अघि बढ्दैथियो उनिहरुको "Elationship" ।           


यत्तिकैमा अभयले उस्लाई भेटेर पनि कुरा गर्न मनलागेको कुरा राख्यो ।


"Can I come to your college to meet you ?"  उस्ले सोध्यो ।

"Why do you want to meet me ?" अलि डराउँदै  भनी उस्ले । त्यो  डर के को थियो थाहा थिएन उस्लाई , किन भने अभयलाई भेट्न त उ पनि चाहन्थी ।

"Don't you ?"

"I do but.. OK then आज बेलुका ४ बजे हाम्रो कलेज gate मा भेटौँ  न त " यत्ती लेख्दा उस्का हातहरु लग्लग कामिरहेका थिए ।                


त्यसदिन उस्ले क्लासमा concentrate गर्नसकिन, स्मिताले त अब सोध्न पनि छोडिसकेकी थिइ, के भयो भनेर । पहिले कहिल्यै आफ्नु लूक्स को चिन्ता नगर्ने उस्ले त्यसदिन "मेरो कपाल कस्तो भाको छ ? यो एअर-रिङ्ग त राम्रो छ है ? कस्तो होला हाम्रो कलेज dress ,it does not suit on me at all " भनेर
स्मिताको दिमाग खाइसकेकी थिइ , अनि स्मिता तीन छक्क परेकी थिइ ।    


यत्तिकैमा बेलुकाको चार पनि बज्यो । साथीहरुको नजरबाट आफुलाई बचाउंदै गेटसम्म पुगी उ । अभय पहिले नै त्यहाँ आइपुगेको रहेछ । फोटाहरुमा देखेको अनि मन-मश्तिस्कमा त्यसरी छाएको मान्छेलाई नचिन्ने त कुरै थिएन । मुसुक्क हाँस्यो अभय, अलिशाका मुर्ति जस्तै भई । नजिकको एउटा रेस्टुराँमा गये उनीहरु । अरुबेला को अलिशाले कुरा सुरु गर्थी, त्यसदिन अभय हड्बडाये झैं देखिएको थियो अलिशा कामिरहे झैं देखिएकी थिई । 


निकै बेरको मौनता पछि हिम्मत अभयले नै निकाल्यो ।


"So how was your day? "    

"Good, yours ?"

"I don't know, एकतिर तिमीलाई भेट्नपाउने खुशी अर्कातिर भेटेर के भने भन्ने दुबिधामैं बित्यो मेरो त दिन"                   


"कस्तो दुबिधा ?" अलिशाले सोधी ।

"अलिशा, यो कुरा लाई कसरी तिम्रा अगाडि राख्नु भन्ने सोचेरै म पगल हुन लगिसकेँ,  I think it was our destiny who made us add each other in facebook. I think our destiny wants us to be together. I think I love you, do you ?"

अभयले एत्ती छिट्टो  छिट्टो यि कुरा भन्यो, मानौँ उस्ले रटेर आएको थियो यि सब कुरा ।  

"I first want to confess one thing." यत्ती भनेर अलिशाले उसैले अभयको अकाउन्टबाट आफुलाई add गरेको कुराको बेलिबिस्तार लगाई . "I did not do anything to cheat anyone. I never meant to hurt you, but I do not know why I added myself in your facebook. Do you think its a cheating ? Do
you still love me ? " यति भन्दा अलिशाका आँखाबाट आशु बग्न सुरु गरिसकेका थिए । 


"साँच्चै ?" छक्क पर्‍यो अभय, अनि अलिशाका आँशु पुछ्दै भन्यो  "Yes, I still do. Do you ?"


"Yes I do too" अलिशाले जवाफ दिई ।


यसरी ख्याल ख्यालमा सुरुभएको उनिहरुको "Elationship" एउटा अटुट "Relationship" मा बदलियो ।

And they lived happily ever after.. ~The End~


Last edited: 27-May-10 09:47 AM
Last edited: 27-May-10 10:20 AM
Read Full Discussion Thread for this article