Posted by: bbipinn May 26, 2010
mero uk mero byatha
Login in to Rate this Post:     2       ?         Liked by

कविता-मेरो यू के, मेरो व्यथा

धन कमाउने सपना बोकेर पढ्ने बहानाले लन्डन आएँ,
खै, कसरी भनौं हजुर ! दुनियाँका छोराले नपाएको दुःख पाएँ ।

राम्रो कामको त कुरै छाडौं, भाँडा माँझ्ने र सरसफाई गर्ने काम पनि पा छैन,
भनौं भने शरम लाग्छ हजुर, कत्ति दिनदेखि त भरपेट पनि खाना खा छैन ।

ट्राभेल चेक पनि सकियो अब त घरभाडा पनि नेपालबाट नै मगाउँदै छु,
मनको व्यथा कसलाई पोखौं हजुर, रातदिन आँखाबाट आँशु बगाउँदै छु ।

अब त बसौं भने पनि कुनै उपाए छैन, वाध्य भएर फर्किनै पर्ने भएको छ,
नत विद्या, नत धन नै आर्जन गरियो, अब त जिन्दगी नै भीरको चिन्डो भएको छ ।

खै, के गरायो यो लण्डनले पनि ! न त मर्नु, न त बाँच्नु, दोधारमै पारिदियो,
बल्ल तल्ल बसेको मायाको डोरो पनि, अब त आकाश र पातालझैँ पारिदियो ।
बल्ल तल्ल बसेको मायाको डोरो पनि, अब त आकाश र पातालझैँ पारिदियो।।

-नरेन्द्र बस्नेत,
Read Full Discussion Thread for this article