Posted by: Sufal May 26, 2010
"पुरुष"
Login in to Rate this Post:     0       ?        

भाग २:

 

उस्को कोठा नम्बर पत्ता लगाएर त्यही कोठाको बाटो लगें म। जती जती नजिक म त्यस कोठाको हुन्छु, एउटा परिचित आवाज मेरो कानले श्रवण गर्दै जान्छ। यती ठुलो स्वरले उस्का क्रन्दनहरु उकाली रहेकी थिइ कि मैले टाडैबाट उस्को परिचित आवाज सुनिरहेको थिए। उ आफ्ना मनमा मन्थन भइरहेका बिषहरु कबिता या गीतको जस्तै छन्द मिलाउदै  ओकाली रहेकी थिइ। मुस्किलले मैले एउटा शब्द मात्र बुझें । “पुरुष”  भन्ने  शब्द । हरेक वाक्यमा यो शब्द छ - अनी यो शब्द उचारण गर्दा नै रिसले मुर्मुरिन्छे, आगो हुन्छे। शायद यस् शब्द प्रती अती नै घ्रिण छ उस्को।


सेतो रङ शान्तीको प्रतिक रङ भएकाले नै बिरामीहरुलाई यही रङको प्रयोग बढी गरिन्छ हाम्रो हस्पिटलमा। त्यही सेतो सफा पैजामा लगाएर कोठाको एक कुनामा गएर, टुक्रुक्क बसी, एउटा कापीमा केही पढेको जस्तो गरी- त्यही कबिता हो या गीत गाइरहेकी थिइ उ। उस्का कपाल टम्म बानी दिएको रहेछ कसैले। पहिलाकी रिस्ट पुस्ट स्‍मृति त कत्ती लिखुरी भइछ। ठम्याउन न नै गाह्रो भएको थियो मलाई तर उस्को दाहिने गालामा भएको कालो कोठिले उ मेरो साथी स्‍मृति नै हो भनेर सोह्रै आना ठोकुवा गरें मैले। म जती उस्को नजिक हुन्थिए त्यती उस्को त्यो "पुरुष" भन्ने शब्द ठुलो ठुलो आवाजमा प्रस्फुटन भईरहेको थियो। एक प्रकारको डर मिश्रित आवाजको श्रवण गरें मैले त्यो पुरुष शब्दमा। उस्को शरीरबाट चिट चिट पसिना निक्लिएको थियो। आफुले लगएको लुगा पनि खोल्न खोजेकी थिइ उस्ले। हो, मलाई थाहा छ यस्तो बेलामा आफ्नो शरीरमा    भएका लुगा अनी गर-गहना सबैले करेन्ट लगेको जस्तो भान हुन्छ उनिहरुलाई। त्यही भएर खोल्न खोज्छन हरेक चिजहरु आफ्नो शरीरबाट । म उस्लाई समल्न खोज्छु तर सक्दिन। २-४ जनाको सहारामा उस्को रेगुलर  जाँच गरी केही औषधी लेखिदिये अनी उस्लाई हेर्ने मान्छेलाई मेरो अफिसमा आउनु भने। मैले स्‍मृतिको घरको हरेक परिवार चिनेपनी उ को हो - म चिन्दिन्न उस्लाई। उस्लाई निदाउने औषधी दिन लगाएर म आफ्नो अफिस तिर लगें। 


मेरो मन सार्है खिन्न भयो। आफुसगैँ हाँसखेल गर्दै हुर्केबढेका साथीसङी हामी। यस्तो कसरी हुन पुग्यो होला उस्को जीवनमा। जहाँ सम्म मैले उस्लाई बुझेकी थिए उ आँफै यस्तो धमिली त कहाँ हुन सक्थी र! कती आँटिली थिइ उ। पक्कै पनि कसैले बढेमाको पत्थर उस्को जीवनको पोखरीमा जबर जस्ती फाली, उस्को जीवन धमिल्याउन खोजेको हुन सक्छ । मैले अनुमान काटें। अहिले उस्लाई देख्दा र उस्ले नियमित रुपले उचारण गरिरहेको त्यो “पुरुष” भन्ने शब्दले नै म पागलपनको निवारण गर्ने मान्छे स्वयं पागल जस्तै भएकी छु। होइन, होइन, उस्को परिस्थिती देखेर म कम्जोर हुनुहुन्न । मेरो मनले मलाई सान्त्वोन दिन खोज्यो। मलाई लाग्यो उस्को त्यो आवाज कति शक्तिशाली छ अहिलेको परिवेशमा । म त्यही आवाजलाई आफ्नो हतियार बनाइ उस्को तनमनमा उम्लिरहेको तेजावलाई अमृतमा परिवर्तन आवश्य गर्छु उस्लाई फेरी मान्छे बनाउछु । यो मेरो विश्वाश हो।


एक तमासले सोच्दै थिए कसरी अब उस्को उपचार अगाडि लाने भनेर, के के कुराको research गर्ने भनेर, अचानक मेरो आँखा उस्को फाइलमा गयो। केही आशाका किरणहरु भेटिन्छन् कि भन्ने आशाले पल्टाउन थालें म त्यो फाइल । त्यो फाइलसगैँ च्यापेर त उस्ले पढ्ने गरेको कपी पनि लेराएछु मैले ।उस्ले पल्टाई रहेको पन्नामा यो कबिता थियो।


नारी भन्दा बिशिष्ट रे  पुरुष


बलिया बुध्दीमनी  रे पुरुष


फेरी नारिबाट धरै नै अपेक्षा


गर्न्ने गर्छन् रे यिनै पुरुष


 


कबिता त एकदम नै लेख्थी उ । प्राय extra curricular activities का मेडलहरु उस्को नै हात पर्थे। यो कबितामा पनि हरेक वाक्यका अन्तिममा “पुरुष” भन्ने शब्द छ अनी पुरुष कै वर्णन गरिएको छ ।मैले यस कबित मार्फत के निस्कर्श निकाले भने उस्लाई पुरुष प्रती नै अती घ्रिणा छ । यही कबिताको मध्यमबाट नै पुरुष प्रती आत्मगलानिका कुराहरु पोखेकी छे । हुन पनि हाम्रो देशमा जो कोही महिलाहरु यस्तो बिरामीको उपचार गर्न आउछन, प्राय जसो उनिहरु आफ्नो लोग्न, आफ्नो प्रेमी या समग्रमा भन्नु पर्दा पुरुषबाट नै पीडित भई  आएका हुन्छन। यस्तो माहोलमा उ अछुतो छे भन्ने शंका गर्न मैले मिल्दैन्न। अझ उस्को आवाजले र यही कबिताले पनि यस्तो दर्साएकै छ। त्यस्को प्रमाण दिएको छ।


क्रमश…..

Last edited: 26-May-10 01:15 PM
Read Full Discussion Thread for this article