Posted by: cheli May 26, 2010
फेसबुक
Login in to Rate this Post:     0       ?        
Part 2 

  त्यस्पछि लगत्तै उस्का एक्जाम र प्रोजेक्टका चटाराले गर्दा अलिशा अन्लाईन हुन पाइन, तर कम्तिमा पनि दिनको एकपटक अभय उस्को माष्तिस्कमा आउँथ्यो । अभयसंगै आउँथी श्रुतिपनि अनि अलिशालाई त्यसै त्यसै बैराग लाग्ने गर्थ्यो ।

    एक्जामको अन्तिम दिनमा उस्का साथीहरुले एउटा गेट- टुगेदर राखेका थिए । उस्लाई जान त मन थिएन, तर स्मिताको करकापले गर्दा जान वाध्य भै उ ।    


    क्लासकै एकजना साथीको घरमा भएको गेट-टुगेदरमा उस्का सबै साथीहरु थिए । एक्जाम सकिएको खुशीमा उनिहरु हाँस्दै, नाच्दै, गाउँदै रमाइलो गर्दै थिए । तर उस्को मन कता  कता उडिरहेको थियो । पहिले उ यस किसिमका कार्यक्रममा सकृय रुपमा सहभागी हुन्थी  । "Heart of the parties" नामै राखेका थिए उस्का साथीहरुले तर त्यसदिन ... उ खुशी थिइन पटक्कै थिइन ।

    "अलिशा, तेरो फेबरेट गीत होइन यो, के भाको छ हँ तँलाई आज ? एक्जाम बिग्रेको नी होइन होला तँ जस्तो पढुको" स्मिता पनि छक्क  परेकी त्यसदिन बद्लिएकी उ देखेर । सुगम पोखरेलको "पाठशाला" गीत बजिरहेको थियो, अस्ती सम्मको उस्को फेबरेट गीत ।

    "Guys, I think our Alisha is in love" जान्ने भएर बोल्यो सुलभ ।  सबै साथीहरु हासे ,  अनी उस्ले राती हुँदै जवाफ दिई "Please, त्यस्तो केही होइन, Its just that I am not feeling so good today" कुरा हुँदैथियो, प्राणव एकजना राम्री केटीको साथमा भित्र छिर्यो ।

    "Hi Everyone! This is my girlfriend Shruti , हाम्रै कलेजमा BBA थर्ड एअर पढ्छ उ पनि " प्रणवले नयाँ मान्छे चिनायो । श्रुती नाम थियो उस्को पनि अलिशालाई त्यो नाम दुई तीन पल्ट सुने जस्तो भयो, प्रणवले त एकै पल्ट मात्र भनेको थियो।

    ओहो यार प्रणवले त आफु सेकेन्ड एअरमा हुँदै थर्ड एअर को केटी लाई GF बनाएछ" स्मिताले शायद भन्दै थिई कानै मा, तर हिजो अस्तिकी अलिशा भये पो स्मिताको कुरो सुन्थी, उ केही जवाफनै नदिइ श्रुतीसँग परिचय गर्न तिर लागी ।    

"हाइ, म अलिशा" श्रुतीसँग हात मिलाउदै भनी उस्ले । एकछिन यता-उताका कुरा गरेपछि उस्ले सोधी "तिम्रो क्लासमा अर्को पनि श्रुती छ कि तिमीमात्र हो ?" 

"म मात्र हो किन र ? "

"होइन मेरो एकजना साथीले BBA को श्रुतीलाई चिन्छौ भनेर सोधेको थियो अस्ती भर्खर त्यसैले.."

"को हो र तिम्रो साथी, के नाम ?"

"अभय"

"How did you know him ? Oh wait wait, Alisha right ? फेसबुकमा भेट भाको भन्या होइन ? मलाई नि सोध्दैथियो अलिशालाई चिन्छस भनेर" निकै उत्साहित हुँदै भनी उस्ले

"ये हो र ? so is he your friend ?  खास मैले त धेरै कुरा गर्न नि पाको छैन, एक्जामले गरेर "

"he is my cousin, हाम्रो  joint family थ्यो अस्ती भखर सम्म ..  age मा तेत्ती  difference नभाको हुनाले we are like best friends,  Oh, he is such a darling brother of mine, अनी I guess तिमीसँग कुरा  गर्न लाई अलि desperate नि छ जस्तो लाग्छ"  

जिस्क्याएको स्वरमा भनी श्रुतीले, उ लाजले पानी पानी भैसकेकिथिइ, अब उस्को एउटैमात्र ध्याउन्न थियो, कती बेला घर पुग्नु र ईन्टरनेट खोलेर फेसबुकमा अन्लाईन हुनु । कहिल्यै नदेखेको नचिनेको मान्छेसँग बोल्न, गफ गर्न उ अति ब्यग्र भैरहेकी थिइ । दिमागलाई यि कुरा लजिकल लागेको थिएन, पटक्कै थिएन । उस्लाई एउटा कुन हो मुभीको डाइलोग याद आयो "It was not logic, so it was love"

"Love" शब्द दिमागमा के आएको थियो उस्को त मुटुको भित्र कुनामा केही हल्चल भयो । सुन्दा असाध्यै illogical लाग्ने कुराहरु आँफैले महसुस गर्दै थिइ उ त्यसदिन ।        


To be Continued
Read Full Discussion Thread for this article