Posted by: Tapariwan May 23, 2010
गाई काट्दा ........................
Login in to Rate this Post:     0       ?        
सिन्धुपाल्चोक, जेठ ९ (नागरिक)- साँगाचोक–२ का मानकाजी श्रेष्ठको लैनो गाई
चोरेर काटेको आरोपमा पाँच छिमेकी पक्राउ परेका छन्।



उनीहरुलाई गाउँलले पक्रेर प्रहरीमा बुझाएका थिए।

[Disallowed String for - ] type="text/javascript">

[Disallowed String for - ] type="text/javascript" src="http://pagead2.googlesyndication.com/pagead/show_ads.js">[Disallowed String for - ]>google_protectAndRun("ads_core.google_render_ad", google_handleError, google_render_ad);
पक्राउ पर्नेमा साँगाचोक–२ कै रामबहादुर तामाङ, बुद्ध तामाङ, रुपेश
तामाङ, कृष्ण तामाङ र आइतमान तामाङ छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा
राखिएका उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरी निरीक्षक एकनारायण कोइरालाले
बताए।

प्रहरीका अनुसार उनीहरुले शुक्रबार राति श्रेष्ठको गोठबाट
गाई चोरेर स्थानीय जङ्गलमा काटी मासु
खाएका थिए। चोरीमा संलग्नको पहिचान
खुलेपछि स्थानीयले शनिबार पक्रेर प्रहरीलाई बुझाएका थिए। गाई चोरेर काटेको
आरोप लागेकालाई आइतबार जिल्ला अदालत पेश गरी अनुसन्धानका लागि प्रहरीले
म्याद लिएको छ।
- ध्रुव दङ्गाल
http://www.nagariknews.com/society/nation/13718-2010-05-23-08-34-27.html












Read Full Discussion Thread for this article