Posted by: Tapariwan May 20, 2010
It is really sad and no one is concerned about this situation ? They need desperate help !!!
Login in to Rate this Post:     0       ?        


विश्व खाद्य कार्यक्रमले सुदुर पश्चिम र मध्य पश्चिम लगायत
देशका विभिन्न ३५ जिल्लामा खाद्यान्न वितरण कार्यक्रम सञ्चालन गर्दै आएको
छ।
तर, राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले बाँडेको ढुसी परेको चामल
देखेपछि तपाईं पनि भन्नुहुनेछ, 'यस्तो चामल खाएपछि मान्छे बिचरा बचे
होलान् कसरी ?'सहायताका नाममा विश्व खाद्य कार्यक्रमले जाजरकोटका विकट
गाविसमा वितरण गरेको चामललाई गुणस्तरहीन मात्र भन्न सकिन्न, त्यसमा त ढुसी
लागेको छ, डल्ला परेको छ ।

मर्ने मरिहाले, बाँच्नेले अहिले पनि कुहिएको चामल
खाइरहेका छन् ।विश्व खाद्य कार्यक्रमले वितरण गरेको चामल र
दाल डल्लो र ढुसी परेका कारण खानै नहुने र घरनजिक फाल्न पनि नहुने
स्थितिमा थियो । तर, राष्ट्रसंघीय संस्थाले दिएको भनेपछि स्थानीयवासीले
खाए ।स्थानीय
बासिन्दा भन्छन्, 'कुहिएको चामल र दाल दुई घन्टासम्म पकाउँदा पनि काँचै
रहन्छ ।' तर खाद्यान्नको अभावमा छट्पटिएका जनताले त्यही काँचो भात पनि
खाए ।
http://www.nayapatrika.com/newsportal/permalink/4459.html
Read Full Discussion Thread for this article