Posted by: pire May 19, 2010
घरजग्गा अब कती माथि ?
Login in to Rate this Post:     0       ?        
http://www.ekantipur.com/np/2067/2/5/full-news/311760/

यो आलेख पढेपछी र अरु प्रमाणहरुको आधारमा पनि मलाई लाग्छ, घर र जग्गाको मुल्य अब निरन्तर ओरालो लाग्नेछ। सर्वप्रथम त अब घरजग्गा बिक्न लगभग छोडेको देखिन्छ। बैंक को ब्याजदर चर्को भएकोले अहिले कसैको दुई करोडको (काठमाण्डुको)घर या जग्गा बेचेर बैंकमा राख्दा महिनाको दुइलाख आउछ। तर त्यही दुइकरोडको घर बाट महिनाको पचास हजार पनि भाडा उठ्दैन। कुनै पनि सम्पत्तिको भाउ त्यसबाट आउने आम्दानी र क्यापिटल अप्प्रिसियसन ले निर्धारणा गर्छ तर यही क्यपिटल अप्प्रिसियसन भएको छैन भने त्यो घरको मुल्य कुनै पनि आधारमा जस्टिफाइ गर्न सकिन्न। त्यस बाहेक कती मान्छेको छोराछोरी बिदेश पठाउन, बिहे गर्न, औषधि ऊपचार गर्न जग्गा बेच्नु पर्ने हुन्छ। उनीहरुले पनि बिस्तारै भाउ तल झार्छन। युनिटि हरु जस्ता काला बजारिया हरु पक्रे पछी तिनले किनेको सयौ  रोपनी/बिघा जग्गा पनि मार्केटमा आउँछ। यसरी बिस्तारै सप्लाई धेरै र डिमाण्ड थोरै भएर भाउ घट्दै जानेछ-- अर्को पाँच छ वर्ष। यसरी हेर्दा घरजग्गा को स्वर्णयुग बितिसकेको जस्तो लाग्छ। 

[डिस्क्लोजर्: मेरो काठमाण्डुको जग्गा गएको वर्ष जतिमा माग्न आएका थिए, तेतिमा आए तुरुन्त दिने भनेको कोही नआएर फ्रस्टेसन्मा लेखेको पनि हो। ]

Read Full Discussion Thread for this article