“पुरुष”
(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)
प्राय म निरासाबादी होइन आशाबादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोली राजेश पायल राइको "दर्शन नमस्ते" भन्ने गीत निकै नै सुनिरहेकी छु। कती मिठो शब्द चयन, कती मिठो लय अनी स्वर, अनी त्यस्तै मन्त्रमुग्ध पर्ने संगीत! सार्है राम्रो सम्योजन यी सबका-यस गीतमा । हुन त यस्ता खालका संगीत मैले पहिला पनि सुनेकी हुँ तर यस गीतका रचनाकारले यस्तो मोहनी लगाइदिएका छन कि मलाई आज भोली त म आफ्नोमा आउने बिरामीहरुलाई पनि संगीतमा रमाउन आग्रह गर्छु। त्यस्का शब्द शब्दमा डुब्न आग्रह गर्छु अनी त्यस्को भाबमा हराउन प्रेरित गर्छु, जस्ले उनिहरुलाई एक छिन भने पनि concentrate गराउन मद्दत गरोस। अली अली भनेपनी उनिहरुको जीवनमा आशाका दियोहरु जलाउन सकुन यस्ता संगीतका रागले भन्ने अभिलाषाले मैले यो काम १-२ जनाबाट सुरु गरेकी थिए, आहिले राम्रै पाएकी छु।
पेशाले म psychiatric हुँ। सानै देखी नै मलाई यस पेशाले आकर्षित गरेको थियो। साधारण मान्छेहरुको मन र बिचार त बुझ्न नसकिने यो आलोचनात्मक समाजमा अझ यस्ता मानसिक सन्तुलन ठीक नभएका मान्छेहरुको मन र मस्तीष्क बुज्नु पर्ने चुनौतिपूर्ण काम “गर्छु वा बन्छु” भन्न जती सजिलो छ त्यती नै कठिन गर्नलाई छ । तर आज भोली psychiatric सुफलको अगाडि "कुशल" भन्ने "ट्याग" पनि थपिदिएका छन मेरा सम्पूर्ण बिरामी अनी उनिहरुसँग आउने बिरामी-कुरुवाहरुले। खै थाहा छैन मलाई-म आफु कुशल छु कि छैन तर यो "कुशल" भन्ने शब्दले मलाई यती हौसाला दिएको छ कि म त्यस्को बर्णन शब्द मार्फत गर्नै सक्दिन्न। मेरो काम प्रतीको लगन्शिलता र मिहेनतबाट जुन "ट्याग" मैले पाएकी छु, त्यस्ले मलाई अझ "तँ केही गर्न सक्छस्" भन्ने भावना जगाइदिएको छ। यस्ले मेरा आत्मविश्वाश दह्रो पारीदिएको छ। मेरा बिरामी निको पर्ने मेरो आशा अनी उनिहरुका म प्रतिको भरोसा अनी हौसलाको परिणाम नै भन्छु म यो ट्यागलाई। जे होस् म मेरो आशा अनी उनिहरुको हौसलालाई निरन्तर पछ्याइरहन पाउँ जुग जुग सम्म पनि।
समय परिवर्तनशिल छ। यही परिवर्तित समय सँगसँगै हाम्रो समाज पनि सभ्यता र आधुनिकता तिर मोडिनु स्वाभाबिक नै लाग्छ मलाई। यही आधुनिक समाजमा मानिसहरु पनि आधुनिक तरिकाले नै चल्नुपर्छ या भनु समय सापेक्षिक तरबले आफुले ढाल्दै लैजानु पर्दछ। हो, पुर्खाहरुले देखाउदै आएका बाटोहरु हामीले छोड्नु हुन्न तर त्यस्लाई समयको माग अनुसार, ठाउँ र परिस्थिती अबलोकन गरी, परिवर्तन गर्दै , परिवर्तित आधुनिक समाजसङै अधुनिक भएर बाँच्न हिम्मत बटुल्नु पर्छ। बाजे बाराजुले गर्दै आएका काम कुरा नै आहिले हुबहु आँगल्छु अनी आफ्ना भाबी पुस्तालाई पनि त्यही गराउन लगाउछु भन्नु मुर्खता हो। यो त सरासर आधुनिक समाजसँग भग्न खोज्नु हो। “बुढा मरे भाषा सरे” भन्ने उखान यही समाजमा नै लगु हुन्छ। आफ्ना भाबी पुस्तालाई के कस्तो संस्कार दिने हो त्यो त आँफैमा भर पर्ने कुरा हो र आफ्नो सन्ततीहरुलाई अगाडि पैदा हुने बाटाहरु पहिल्याइदिनु पनि आफ्नो कर्तव्य हो । तर जहाँ सम्म मलाई लाग्छ म मेरा भाबी पुस्ताहरुलाई आधुनिक समाजसँग भग्न उत्प्रेरित गराउन्न ता कि भबिश्यमा उनिहरुलाई परिवर्तित आधुनिक समाजमा हिंड्न कुनै आत्मगलानी नहोस्।
यस्तै एउटा case आएको छ महिना भईसकेको थियो। अहिले सम्म पनि १०० मा ९९ पनि भएको थिएन। यो case पनि आयो अन्तमा मलाई नै। बिरामीलाई हेर्नु भन्दा पहिला सबै उस्को past history हरु सरर हेरें । पहिला त त्यस्तो डरलाग्दो रोग वा कुनै Symptoms केही पनि रहेन छ। उसो भए केही कामकुराबाट उस्लाई shock परेको होला भन्ने भान मैले गरे। कती उमेर कि रहिछ भनेर यसो जन्म मिती हेर्न खोजेको त उस्को नाममा आँखा गयो। नाम रहेछ “स्मृति शर्मा महर्जन”। म तीन छक्क परें। कतै यो मेरो साथी स्मृति त होइन। तर उ त स्मृति शर्मा मात्र हो। महर्जन कता बाट आयो? ल म अब पत्ता लगाउछु भनेर अफिस बाट म बाहिरिएं।
क्रमश: